२०८३, २७ भाद्र शनिबार
×

ट्रेन्डिङ

नेपाली जनसम्पर्क समिति आयरल्यान्डको सभापतिमा सागर लामा निर्विरोध निर्वाचित

0 Shares
Spread the love


आयरल्यान्ड — नेपाली जनसम्पर्क समिति, आयरल्यान्डको दोस्रो अधिवेशनबाट सागर लामा सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको छ।
१० सेप्टेम्बरमा सम्पन्न अधिवेशनले लामालाई सर्वसम्मत रूपमा सभापतिको जिम्मेवारी प्रदान गरेको हो। लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको जनाइएको छ।
लामाको निर्विरोध चयनसँगै नेपाली जनसम्पर्क समिति, आयरल्यान्डले संगठनलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउँदै लोकतान्त्रिक मूल्य, मान्यता तथा नेपाली कांग्रेसको विचार र सिद्धान्तलाई प्रवासमा प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
यसैबीच, नेपाली जनसम्पर्क समिति जर्मनीले एक बधाई तथा शुभकामना सन्देश जारी गर्दै नवनिर्वाचित सभापति सागर लामासहित सम्पूर्ण निर्वाचित कार्यसमितिलाई बधाई दिएको छ। समितिले लामाको कार्यकाल सफल, उपलब्धिमूलक र संगठनको हितमा प्रभावकारी रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।
जर्मनीस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो शुभकामना सन्देशमा प्रवासमा रहेका नेपालीहरूलाई नेपाली कांग्रेसको विचार, नीति, सिद्धान्त तथा लोकतान्त्रिक अभियानसँग जोड्दै संगठनको गरिमा र प्रभावलाई अझ उचाइमा पुर्‍याउन नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरेको छ।
त्यस्तै, संगठनभित्र एकता, सहकार्य, समन्वय र सद्भावको भावना अभिवृद्धि गर्दै सबैलाई समेटेर अघि बढ्ने नेतृत्वको अपेक्षा गरिएको छ।
नवनिर्वाचित सभापति सागर लामाको आगामी कार्यकालमा नेपाली जनसम्पर्क समिति, आयरल्यान्ड थप संगठित र प्रभावकारी बन्दै प्रवासमा नेपाली समुदायको हित तथा नेपाल र नेपाली जनताको पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया