लिस्बन । तामाङ समाज पोर्चुगलले पत्रकार पुस्तक रेग्मीलाई सम्मान गरेको छ।
समाजले राजधानी लिस्बनको आन्जोसस्थित एभरेस्ट रेस्टुरेन्टको सभाहलमा सोमबार एक कार्यक्रमको आयोजना गरी पत्रकार रेग्मीलाई सम्मान गरेको हो। समाजले आयोजना गरेको ‘डम्फु सेलो तथा म्हेन्दो माया साँझ–२०२६’ कार्यक्रम सफल बनाउन पुर्याएको योगदानको कदर गर्दै रेग्मीलाई सम्मान–पत्रद्वारा सम्मान गरिएको हो ।
पोर्चुगलमा पहिलोपटक आयोजना गरिएको उक्त सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा नेपाली कला, संस्कृति र तामाङ समुदायको मौलिक पहिचानलाई प्रवर्द्धन गर्न पत्रकारिताको क्षेत्रबाट पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै रेग्मीलाई सम्मान गरिएको समाजले जनाएको छ।
कार्यक्रममा समाजले पत्रकार रेग्मीसहित नेपालबाट आएका चर्चित गायक विश्व दोङलगायत स्थानीय कलाकारहरूलाई समेत सम्मान गरेको थियो। पत्रकार रेग्मी नेपाल पत्रकार महासङ्घ युरोप शाखा र प्रेस युनियन युरोपका कार्यसमिति सदस्य तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, युरोप शाखाका महासचिव हुन्।