२०८३, १९ असार शुक्रबार
×

ट्रेन्डिङ

लण्डनमा नेपाली सांगीतिक उत्सव, चर्चित कलाकार एउटै मञ्चमा

0 Shares
Spread the love

लण्डन। बेलायतमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै आगामी असार २८ गते (जुलाई १२) भव्य नेपाली सांगीतिक उत्सव आयोजना हुने भएको छ।

ईनास यूके र ईफ्लिक्स इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकार सञ्जिता दुरा, पुनम गुरुङ, सुशील नेपाल, रोशन राई, छिरिङ डोल्मा शेर्पा तथा अजेश पौडेलले आफ्नो प्रस्तुति दिनेछन्। कार्यक्रमको सञ्चालन दिक्ष्या गौतमले गर्नेछिन्।

ईनास यूकेका अध्यक्ष सञ्जय भक्त कँडेलले बेलायतमा रहेका नेपाली समुदायलाई आफ्नै भाषा, कला र संस्कृतिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै परिवार र साथीभाइसँग सहभागी भई कार्यक्रमलाई सफल बनाउन सबैमा अनुरोध गरेका छन्।

कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ भने प्रवेश शुल्क १५ पाउन्ड निर्धारण गरिएको छ।

आयोजकका अनुसार कार्यक्रमले बेलायतमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सांस्कृतिक आदानप्रदान र नेपाली कला–सङ्गीतको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रम स्थल: Tramshed Theatre, 51–53 Woolwich New Road, London SE18 6ES

प्रतिक्रिया