0
Shares
लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा आएका एक नेपाली युवाको निधन भएको छ ।
विगत ६ वर्षदेखि पोर्चुगलको मोन्तिजो बस्दै आएका कास्कीस्थित माछापुछ्रे गाउँपालिका–१, टुसे का ४२ वर्षीय बलबहादुर पुनमगरको हृदयघातका कारण निधन भएको हो। मगरको दुई साता अघि सुतेकै अवस्थामा हृदयघातका कारण निधन भएको दिपेन्द्र कट्टलले बताए । उनको निधन भएको विषयमा घरपरिवारलाई जानकारी गराइएको कट्टेलले बताए ।
मृतक मगरको परिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर रहेकाले आर्थिक सहयोग संकलन सुरु गरिएको बताउँदै कट्टेलले सो अभियानमा सहयोग गर्न पोर्चुगलवासी नेपाली समुदायसँग विशेष आग्रह समेत गरेका छन् ।
मृतक मगरको वृद्ध बुबाआमा, श्रीमती र दुई नाबालक छोरा–छोरी नेपालमा रहेका छन् । उनी मोन्तिजोस्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।