२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

पोर्चुगलमा ‘भव्य कलश यात्रा तथा प्रवचन’ हुँदै, पण्डित दीनबन्धु पोखरेलले प्रवचन दिने

0 Shares
Spread the love

लिस्बन। युरोपेली मुलुक पोर्चुगलमा ‘भव्य कलश यात्रा तथा प्रवचन कार्यक्रम’ हुने भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आयोजनामा यही अप्रिल १२ तारिख आईतबारका दिन राजधानी लिस्बनमा ‘भव्य कलश यात्रा तथा प्रवचन’ हुने भएको हो । लुमियरस्थित सान्तो आन्टोनियो दोस काभालेइरोसमा रहेको शिव मन्दिरमा कलश यात्रा तथा प्रवचन कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ । संघका अनुसार धार्मिक, साँस्कृतिक र आध्यात्मिक जागरणको प्रवर्द्धन गर्ने तथा सकारात्मक ऊर्जा, आत्मिक शान्ति र प्रेरणा प्रदान गर्ने उद्देश्यले कलश यात्रा तथा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले प्रवचन दिने कार्यक्रम तय भएको संघले जनाएको छ। पण्डित पोखरेलले दिव्य प्रवचन, भजन–कीर्तन तथा सत्संग र आध्यात्मिक ज्ञान सम्बन्धी प्रवचन दिनुहुने बताइएको छ । उक्त कलश यात्रा तथा प्रवचनमा सहभागी भई कार्यक्रमलाई भव्यताका साथ सफल पार्न संघले पोर्चुगलवासी नेपाली समुदायलाई विशेष आग्रह समेत गरेको छ ।

कार्यक्रमले सहभागीहरुमा सकारात्मक ऊर्जा, आत्मिक शान्ति तथा धार्मिक चेतनाको अभिवृद्धि गर्नुका साथै धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया