लिस्बन। नेप्लिज वुमन एसोसिएसन पोर्चुगलको अध्यक्षमा गीता रेउले चयन हुनुभएको छ।
आईतबार राजधानी लिस्बनमा सम्पन्न भएको एसोसिएसनको पाँचौ अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि रेउलेको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा बिन्दु गौतम र कला पङ्गेनी चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा दीपा लिम्बू, रेनु परियार, अप्सरा बर्तोला र मिरा कार्की चयन हुनुभएको छ ।
अधिवेशनले एसोसिएसनको महासचिवमा सरस्वती गौतमलाई सर्वसम्मत चयन गरेको छ । भने सचिवमा अनिता रिजाल, लक्ष्मी थापा, बिनु केसी, बिनु रोका र शोभा कार्की चयन हुनुभएको छ। एसोसिएसनको कोषाध्यक्षमा मन्जु अधिकारी र सह-कोषाध्यक्षमा सबिना मनाङ्थेन चयन भएको संस्थाले जनाएको छ।
यस्तै सदस्यहरूमा दीपा खड्का, अनु गुरुङ, सुजता खत्री, अम्बिका सापकोटा, रितिका कुँवर, देबी लामिछाने, कुशुम गुरुङ, रोहिणी क्षेत्री, पुजा खड्का, निर्मला अर्याल र पुजा घिमिरे चयन हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिको घोषणा निर्वाचन समितिकी संयोजक माया खरेलले गर्नुभएको थियोे ।
कार्यक्रम संस्थाकी अध्यक्ष शान्ति अर्यालको अध्यक्षता तथा लिस्बनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख शत्रुध्वन प्रसाद शर्मा पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । कार्यक्रममा विन्दु गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने कला पङ्गेनीले सञ्चालन गर्नुभएको थियो।