२०८३, २३ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

चितवन समाज पोर्चुगलद्वारा तीज विशेष कार्यक्रमको आयोजना

0 Shares
Spread the love

लिस्बन । चितवन समाज पोर्चुगलले तीज विशेष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

 

हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर समाजले सोमबार राजधानी लिस्बनमा तीज विशेष साँस्कृतिक कार्यक्रम गर्ने भएको हो । कार्यक्रममा लोक तथा दोहोरी गायक रविन लामिछानेको विशेष सांगीतिक प्रस्तुति रहने छ । भने गायिका गीता रेउले, गायक समन बि.क., गायिका कला पंगेनी लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहने आयोजक संस्था चितवन समाज पोर्चुगलले जनाएको छ ।

 

नेपाली भाषा, कला, संस्कृति र परम्पराको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रवासी मुलुक पोर्चुगलमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष शिव प्रसाद ओझाले जानकारी दिए। पोर्चुगलवासी नेपाली समुदायका बीच भावनात्मक एकता, आपसी हित र भाइचारा अभिवृद्धि गर्ने साथै नेपाली दिदीबहिनीलाई नेपालकै तीजको माहोल सम्झाउने उद्देश्यले एकै स्थानमा भेला गराई शुभकामना आदानप्रदानसँगै सांगीतिक मनोरञ्जन प्रदान गर्ने तयारी गरिएको उनले बताए।

 

कार्यक्रममा सहभागी हुन पोर्चुगलबासी नेपाली दिदीबहिनी लगायत सम्पूर्ण नेपाली समुदायलाई समाजले बिशेष आग्रह समेत गरेको छ । कार्यक्रम आन्जोसस्थित जिनासीयो क्लबको हलमा दिउँसो ३ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने समाजले जनाएको छ ।

प्रतिक्रिया