२०८३, २३ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

स्याङ्जा सहयोग समाजको दोस्रो युरोप भेला बेल्जियममा सम्पन्न

0 Shares
Spread the love

लिस्बन । स्याङ्जा सहयोग समाजको दोस्रो युरोप क्षेत्रीय भेला बेल्जियममा सम्पन्न भएको छ ।

 

“भातृत्व, भाइचारा र सद्भावको राज, युरोपमा स्याङ्जाली एकताको आवाज” भन्ने नाराका साथ सम्पन्न उक्त भेलाले बिभिन्न निर्णय समेत पारित गरेको छ । दुई दिनसम्म चलेको भेलाले विविध प्रस्तावमाथि छलफल गर्दै अन्तर्राष्ट्रिय समन्वय समितिका दीर्घकालीन लक्ष्यअनुसारका कार्यक्रम र गतिविधिहरूलाई निरन्तरता दिने निर्णय गरेको छ। भेलाले जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक उन्नयन, सुधार तथा दक्षता अभिवृद्धिका लागि शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने, युरोपेली मुलुकहरु फिनल्यान्ड, हंगेरी, डेनमार्क, जर्मनी र क्रोएसियामा एनसीसीको स्थापना गर्ने र युरोपमा एनसीसीको संख्या ११ पुर्‍याउने निर्णय गरेको छ । जसअनुसार फिनल्यान्डमा सुशील पोखरेल, हंगेरीमा सागर कुँवर, डेनमार्कमा इन्द्र पनेरु, जर्मनीमा निलम सिंजाली मगर र क्रोएसियमा ओम पोखरेललाई संयोजक तोकिएको समाजले जनाएको छ ।

 

यस्तै भेलाले एम.पी अर्यालको संयोजकत्वमा युरोपमा रहेका नयाँ पुस्ताका बालबालिकालाई नेपाली भाषा, संस्कार, संस्कृति र साहित्यसँग जोड्न ‘नेपाली पाठशाला युरोप’ सञ्चालन गर्ने निर्णय गरेको छ। क्षेत्रीय संयोजक अर्जुन अर्यालको अध्यक्षता तथा अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष बिरेन्द्रजङ के.सी. को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मूल आयोजक समितिकी इन्दिरा खनालले स्वागत र सचिव उदयराज पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

 

भेलाको दोस्रो दिनको कार्यक्रम एनसीसी बेल्जियमका अध्यक्ष नविन गुरुङको अध्यक्षता, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यता तथा मीन क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियोे । कार्यक्रममा समाजका सल्लाहकार शालिकराम डुम्रे, शशिकान्त पौडेल, रमेश श्रेष्ठ, घनश्याम पौडेल, धुर्बराज पौडेल, एनआरएनए बेल्जियमकि अध्यक्ष सीता सापकोटा, एनआरएनए अभियन्ता गंगाधर गौतम, नेपाली दूतावास बेल्जियमका प्रतिनिधि रमेश गैरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

सो अवसरमा नेदरल्याण्डमा राजकीय सम्मान प्राप्त समाजका सल्लाहकार शशिकान्त पौडेल, एनसीसी बेल्जियमको स्थापना गर्न पहल गर्ने अभियन्तालगायत संस्थापक परशुराम रेग्मीलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा स्थानीय कलाकार प्रिन्सी खनालले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने राष्ट्रिय कलाकारहरू सञ्जय थापामगर, कला पंगेनी र रबिन पराजुलीले सांगीतिक प्रस्तुति दिएका थिए। त्यसैगरी राजेन्द्र शर्माको बाँसुरीको मधुर धुन प्रस्तुत गरेका थिए भने एम.पी. आर्यालले कविता, मुक्तक र साहित्यिक रचना वाचन गरेका थिए।

 

भेलामा अमेरिका, दुबई, फ्रान्स, पोर्चुगल, स्पेन, नेदरल्याण्ड, बेलायत, बेल्जियमलगायतका मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया