२०८२, २७ माघ सोमबार
×

ट्रेन्डिङ

२५६९ औँ बुद्धजयन्ती : पोर्चुगलमा विश्व शान्ति पूजा र दीप प्रज्वलन

0 Shares
Spread the love

 

भरत प्रधान,लिस्बन। युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजयन्ती मनाइएको छ ।

 

 

नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजना तथा यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको सहआयोजनामा सोमबार राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइएको हो । सो अवसरमा आन्जोसस्थित एभरेष्ट नेपाल रेष्टुरेन्टको हलमा लामा गुरुहरुद्वारा गौतम बुद्धको विशेष पूजाआराधना गरिएको थियो । विश्व शान्तिका लागि शान्ति पूजा र दीप प्रज्वलनसमेत गरिएको थियो ।

 

 

शेर्पा किदुग पोर्चुगलको संयोजनमा भएको पुजामा लामा गुरुद्वय लामाफुरी शेर्पा र पासाङ लामाद्धारा भगवान बुद्धको विशेष पूजापाठ गरिएको थियो ।

 

गौतम बुद्ध र बुद्धभूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यका साथ विश्व शान्ति पूजासहित दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाइएको नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगरले बताए ।

प्रतिक्रिया