२०८२, २९ बैशाख सोमबार
×

ट्रेन्डिङ

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा मिश्र

0 Shares

नर्वे । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित भएका छन् ।

समितिको पाँचौ अधिवेशन अन्तर्गत आईतवार भएको निर्वाचनमा शालिकग्राम अर्याललाई पराजित गर्दै मिश्र अध्यक्षमा निर्वाचित भएका हुन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मिश्रले २८३ मत प्राप्त गर्दै प्रतिस्पर्धी अर्याललाई ९७ मतले पछि पार्दै जित हात पारेका हुन् । अधिवेशनले मिश्रको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको निर्वाचन अधिकृत नविन थपलियाले जानकारी दिए।

निर्वाचनपछि बोल्दै मिश्रले सबै पक्षलाई समेटेर संगठनलाई अघि बढाउने प्रतिबद्धता जनाए। मिश्रले निर्वाचनका क्रममा जे जस्तो भएपनि संगठनको काममा सबै साथीहरुलाई उत्तिकै भूमिका दिएर अघि बढ्ने र आफ्नाे कार्यकालमा संगठन र नर्बेमा बसोबास गर्ने आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पूर्ण शाही सर्वसम्मत चयन भएका छन्। नवनिर्वाचित उपाध्यक्ष रमेश घिमिरेका अनुसार चार उपाध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेको थियो। जसमा गणेश थापा, रमेश घिमिरे, गोविन्द अधिकारी र चक्रविक्रम शाही विजयी भए भने सुनिल ढुंगाना, इन्द्रकुमार थापा र रोशन अधिकारीले पनि प्रतिस्पर्धा गरेका थिए।

त्यस्तै, महामन्त्रीमा सुरेश यादव र रमेश सुवेदी, कोषाध्यक्षमा निर्मला परियार निर्वाचित भएका छन्। सहमहामन्त्रीमा विनोद श्रेष्ठ, कृष्णबहादुर खत्री, नरेश बास्कोटा तथा प्रवक्तामा जगन्नाथ पाण्डे निर्वाचित भएका छन्। यस्तै कार्यसमिति सदस्यहरुमा घनश्याम तिवारी, नविन सापकोटा, नवराज श्रेष्ठ, रमेश शर्मा, शुनिल बास्तोला लगायत चयन भएका छन्।

कार्यक्रम समितिका सभापति जीवन शाहीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया