२०८२, १० बैशाख बुधबार
×

ट्रेन्डिङ

भिजिट भिसामा युएई पुर्‍याइएकी नेपाली चेलीको उद्धार

वाईवासँग धनबहादुरले लिएका थिए मोटो रकम
0 Shares

अशिम लोप्चन तामाङ, स्पेन। कम्पनीमा काम दिलाउने झुठो आश्वासन दिएर भिजिट भिषामा युएई पुर्‍याइएकी एक नेपाली चेलीको उद्वार गरिएको छ ।

आकर्षक काम र तलबको प्रलोभनमा पारेर युएई पुर्‍याइएकी रामेछापकी ज्ञानु वाईवालाई उद्धार गरि स्वदेश पठाइएको हो । पीडित वाईवालाई नेपाल एसोसिएसन-एनआरएनए युएई र एनआरएनए मध्यपूर्व संयोजक रमेश श्रेष्ठको पहलमा उद्वार गरि स्वदेश पठाइएको हो ।दलालले तीन लाख ५० हजार रुपैयाँ असुलेर उनलाई युएई पुर्‍याएका थिए । भने मासिक ७०-८० हजार रुपैयाँ पारिश्रमिक पाउने झुठो आश्वासन समेत दिएका थिए ।

पीडित वाईवाले त्यहाँ ५ महिनासम्म घरेलु कामदारका रुपमा काम गरेकी थिइन् । ५ महिनासम्म विना पारिश्रमिक घरेलु कामदारका रुपमा काम गरेकी उनलेे आफू ठगीमा परेको गुनासो गरेपछि उनको उद्वार गरिएको थियो ।वाईवा यसअघि ४ वर्ष साउदीमा कार्यरत थिइन् । उनलाई चिनेजानेकै व्यक्तिले दलालसँग भेट गराएर युएई पुर्‍याएका थिए । रुपन्देही सैनामैनाका धनबहादुर घर्ती उर्फ हरि नेपालले उनलाई युएई पुर्‍याएका थिए । ठगीमा परेको भन्दै पीडित वाईवाले आफ्नो रकम फिर्ता मागेपछि धनबहादुरले रकम फिर्ता नगर्ने जनाउँदै सम्पर्क बिहीन भएका थिए।

पीडित वाईवालाई नेपाल पठाउन नेपाल एसोसिएसन- एनआरएनए युएईले हवाई टिकट लगायत आवश्यक कागजातहरुको व्यवस्थापन गरेको थियोे । यस्तै उनलाई नेपाल पठाउनका लागि एनसिसि युएईका उपाध्यक्ष एवं राहत उद्वार संयोजक भिम मल्ल ठकुरी र सचिव कुमार श्रेष्ठले समन्वय र सहजीकरण गरेका थिए । युएईमा समस्यामा परेका नेपालीलाई मध्यपूर्व संयोजक रमेश श्रेष्ठले सहयोग गर्दै आएका छन् । उनी नेपाल एसोसिएसन(एनआरएनए)एनसिसिका पूर्व अध्यक्ष समेत हुन् । श्रेष्ठले व्यक्तिगत श्रम गरेर विदेश जादा धेरै नेपाली ठगिन पुगेको बताए । ‘विदेश जानू पहिले धेरै सोचविचार गर्नुपर्छ । विचौलियाको विगविगी छ।`, उनले भने, ‘आकर्षक तलवको लोभ देखाएर लाखौं ठगि गर्ने प्रवृत्ति मौलाएको छ। त्यसैले सर्तक हुनुपर्छ ।’

नेपाल एसोसियसन–एनआरएएनए युएईका अध्यक्ष विकाश शाहीले विचौलियाहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । ‘भिजिट भिषामा छिटो विदेश लगिदिने भन्दै विचौलिया सक्रिय छन्’, उनले भने, ´राज्यका निकाय चनाखो बन्नुपर्छ, यस्ता खालका ठगी रोक्नुपर्छ ।’

प्रतिक्रिया