२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाल समाज कोष्टाव्लाङ्काको अध्यक्षमा थापा

नेपाल चिनाउने गरि काम गर्ने थापाको प्रतिबद्धता
0 Shares
Spread the love

स्पेन । नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का, स्पेनको अध्यक्षमा केशरबहादुर थापा सर्वसम्मत चयन भएका छन् ।

एसोसिएसनको तेस्रो अधिवेशनले थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षहरुमा हेमराज सापकोटा, डा. सविता पाठक र मोतिसागर पुन चयन भएका छन् । भने महासचिवमा विजय कुँवर, सचिवमा छेसाङ लोप्चन (असिम) र कोषाध्यक्षमा विना थापा अधिकारी सर्वसम्मत चयन भएका छन् । यस्तै महिला संयोजकमा लक्ष्मी आचार्य धिताल र युवा संयोजकमा विष्णु गुरुङ चयन भएका छन् । सदस्यहरुमा राजेन्द्र दाहाल, कृष्ण पुन, सोनल पुन, पाइलट विद्यार्थी सेजल कँडेल, बलबहादुर थापा बोहरा, विप्लव काफ्ले चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक सुरेन्द्र भुजेल थापाले सपथ गराएका थिए । सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष थापाले नेपाल चिनाउने गरि समाजले गतिविधिहरु गर्ने बताए । ´गौतम बुद्ध, सगरमाथा, नेपाली खाना, कला संस्कृतिबारे विश्वलाई सन्देश दिने गरि गतिविधि हुनेछन्`, थापाले भने, ´नेपाल चिनाउन लाग्नेछौँ, स्पेनबासी या पर्यटकले सजिलै नेपाल चिन्न सकुन् ।` उनले गौतम बुद्ध नेपालमै जन्मिएको सन्देश दिन कोष्टाव्लाङ्कामै गुम्बा-मन्दिर बनाउन पहल गरिने बताए । उनले कोष्टाव्लाङ्का क्षेत्रमा रहेका नेपालीहरुको तथ्यांक र अवस्थाबारे अध्ययन गर्ने कार्यदल नै बनाएर काम गर्ने बताए । थापा दुई दशक देखि कोष्टाब्लाङ्कामा रेष्टुरेन्ट व्यवसायमा सक्रिय छन् । उनले कैयन विपन्न तथा गरिव समुदायका लागि स्वदेशमा सहयोग समेत गर्दै आइरहेका छन् ।

एसोसिएसनका निवर्तमान अध्यक्ष नवराज दवाडीले समाजलाई विस्तार गर्दै सबै नेपालीहरुलाई एकत्रित गर्न लाग्नुपर्नेमा जोड दिए। निर्वाचन समिति संयोजक सुरेन्द्र भुजेल थापाले कोष्टाव्लाङ्का क्षेत्रमा नेपालीहरुका लागि एशोसियसन अभिभावक सरह बन्दै गइरहेको बताए । ´दु:ख-सुखमा नेपालीले नेपालीलाई सहयोग गर्ने भावना बढेको छ`,उनले भने, ´नेपाली चाडपर्व सामुहिक रुपमा मनाउने क्रम बढेको छ, एकताको विकास भएको छ ।` समाजका पूर्व अध्यक्ष केशवराज कँडेलले समाजले सबै नेपालीलाई गोलबद्ध गरेको बताए ।

एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष सुरेश बज्राचार्यले समस्या समाधान या अवसर खोज्दा नेपाली संस्थाहरु अभिभावक बन्न जरुरी रहेको बताए । कार्यक्रममा समाजका पूर्व अध्यक्ष अक्कल बहादुर बोहरा, एनआरएनए कोष्टाव्लाङ्का पूर्व अध्यक्ष देवराज सापकोटा, समाजका सल्लाहकार मुकुन्द लामिछाने, एनआरएनए स्पेनका पूर्व उपाध्यक्ष सृजना लामिछाने लगायतले बोल्दै एशोसियसन सबैको साझा बन्दै सशक्त कामहरु गर्न सुझाए ।

प्रतिक्रिया