२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

पत्रकार तामाङ ‘समाज सेवा र पत्रकारिता सेवा’ बाट सम्मानित 

0 Shares
Spread the love

लिस्बन । प्रवासमा रहेर पत्रकारिताको माध्यमबाट विशेष योगदान पुर्‍याएको भन्दै स्पेन निवासी पत्रकार अशिम लोप्चन तामाङलाई सम्मान गरिएको छ ।

 

बिरिसु मिडिया प्रालिद्धारा काठमाडौंमा आयोजित ‘तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड-२०८१’ को अवसरमा पत्रकार तामाङलाई ‘समाज सेवा र पत्रकारिता सम्मान’ द्धारा सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ युरोप शाखाका उपमहासचिव समेत रहेका तामाङलाई नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले ‘सम्मान पत्र’ प्रदान गरेर सम्मान गरेका थिए ।

 

काभ्रे जिल्ला खानिखोला- ४, मा बुवा भिम बहादुर लोप्चन र आमा माईलि माया लोप्चनको कोखबाट जन्मिएका उनी बिगत ४ वर्षदेखि प्रवासमा रहेर पत्रकारितामा क्रियाशील रहँदै आएका छन् । प्रवासी भूमिमा रहेर नेपाली समुदायको हितमा समर्पित भई पत्रकारिता र समाज सेवाको माध्यमबाट पूर्याएको योगदानको कदर स्वरूप तामाङलाई ’समाज सेवा र पत्रकारिता सम्मान’ प्रदान गरेर सम्मान गरिएको बिरिसु मिडियाले जनाएको छ । अवार्ड कार्यक्रममा समाजमा विशिष्ट योगदान दिने अन्य व्यक्तिहरुलाई समेत सम्मान प्रदान गरिएको थियो ।

 

तामाङ विदेशमा रहेर पनि नेपाली समुदायलाई एकत्रित गर्ने, उनीहरूको हक-अधिकारको रक्षा गर्ने, आपतकालीन परिस्थितिमा सहयोग गर्ने, नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्ने लगायतका सामाजिक तथा परोपकारी कार्यमा सक्रिय रहदै आएका छन् । विभिन्न संघ संस्थामा आबद्ध भई सामाजिक गतिविधिमा सकृय रहँदै आएका उनी कोरोनाको महामारी, बाढीपहिरो र भुकम्प पीडितको सहयोगमा सकृयताका साथ लागेका थिए । प्रवासमा रहेर पनि पत्रकारितासंगै समाजसेवामा लागिपरेका उनी यसअघि माल्टामा पनि सामाजिक कार्यमा अग्रसर थिए ।

 

सो अवसरमा सम्बोधन गर्दै प्रथम उपराष्ट्रपति परमानन्द झाले निजी संस्थाहरुले सम्मान र अवार्ड कार्यक्रम गरेर नयाँ पुस्ताका कलाकारलाई हौसला प्रदान गरेको र पुराना कलाकारहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे । उनले बिरिसु मिडियाको प्रशंसा गर्दै भने, ‘सरकारी तहबाट गर्न नसकेको काम निजी संस्थाले आँटेर गरेको छ । यो राम्रो कामको खुलेरै प्रशंसा गर्छु ।’ कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेकपा समाजवादीका केन्द्रिय सदस्य सांगीता तामाङ, युवा नेता एंव खानिखोला गाउँपालिका वडा नं ४ का वडाध्यक्ष निशान मोक्तान, युवा नेता मिलन थापा रहेका थिए । बिरिसु मिडियाका निर्देशक एंव कार्यक्रम संयोजक सुस्मिता स्याङ्तानले अवार्ड कार्यक्रम भव्यरुपमा सफल भएको र नेपालको इतीहासमै सबैभन्दा बढी समेटिएको बताइन्।

 

कार्यक्रम बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनको सभापतित्व, प्रबन्ध निर्देशक नरेन भट्टराईको स्वागत तथा सञ्चारकर्मी कर्म लामा लोलेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा कलाकार, पत्रकार एंव विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया