२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

बेलायतमा दारी ग्याङले मनायो ९औं वार्षिकोत्सव

0 Shares
Spread the love

लण्डन। दारी ग्याङले बेलायतमा आफ्नो ९औं वार्षिकोत्सवको अवसर मनाएको छ।

लन्डन र प्रेस्टनमा भव्य रूपमा सम्पन्न भएको कार्यक्रममा ग्याङले औपचारिक प्रतिवेदन पनि प्रस्तुत गरेको जानकारी माईकल पंगेनीले दिए।

लण्डनमा आयोजित कार्यक्रम सफल गर्न सल्लाहकार राज पाण्डे र कार्यक्रम संयोजक सह-सचिव विनोद पाण्डेले भूमिका खेलेका थिए।

लण्डनमा भएको कार्यक्रममा खाना र हालको व्यवस्ता “माया ग्रुप” का संचालक राज पाण्डेले गरेका थिए।

यसैगरी, प्रेस्टनमा सम्पन्न कार्यक्रममा आफ्नो अमूल्य समय दिएर आफ्ना अनुभवहरू साझा गर्नुहुने सल्लाहकार द्वय हरि कार्की  र श्याम दाहाललाई दारी ग्याङका अध्यक्ष सुशिल गौतमले धन्यवाद ज्ञापन गरेका छन्।

२०२३ फेब्रुअरी १ मा १४ जना सदस्यहरूबाट सुरु भएको दारी ग्याङमा अहिले ८० जना सक्रिय सदस्यहरू र ग्रुप च्याटमा २०८ जना सदस्यहरु छन् ।

 

प्रतिक्रिया