२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

पोर्चुगलमा मनाइयो जनयुद्ध दिवस

0 Shares
Spread the love

 

लिस्बन । नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलले भव्य रुपमा जनयुद्ध दिवस मनाएको छ ।

 

आईतवार राजधानी लिस्बनमा एक कार्यक्रमक‍ो आयोजना गरि मञ्चले ३० औं जनयुद्ध दिवस भव्य रुपमा मनाएको हो । कार्यक्रममा माओवादी विचारधारा बोकेका क्रान्तिकारीहरू, सामाजिक रूपान्तरणका पक्षधरहरू, मञ्चका सदस्यहरु तथा प्रवासी नेपाली समुदायक‍ो उल्लेखनीय सहभागिता रहेको थियोे ।

 

सो अवसरमा बोल्दै मञ्चका सल्लाहकार अर्जुन घिमिरेले प्रवासी भूमिमा रहेका माओवादी कार्यकर्ताहरूले सामना गरिरहेका समस्याहरूको समाधानका लागि जुझारु रुपमा संगठित र वैचारिक रूपमा सशक्त हुनुपर्नेमा जोड दिनुभयो । नेपालमा माओवादी जनयुद्धको ऐतिहासिक पृष्ठभूमिको स्पष्ट पार्दै घिमिरेले क्रान्तिकारी विद्यार्थी संगठनको नेतृत्वमा रहँदा भोगेका चुनौतीहरू, माओवादी आन्दोलनको मूलधारमा आएको परिवर्तन तथा अन्य राजनीतिक दलहरूले माओवादीप्रति राखेको व्यवहारबारे प्रकाश पार्नुभयो।

 

कार्यक्रममा गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्का, मञ्चका सल्लाहकार सोनाम योञ्जन लामा, नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोप कुमार मगर, एनआरएनए आईसीसी सदस्य राजकुमार थापा, अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलका अध्यक्ष सुर्य खड्का, नेपाली समाजका अध्यक्ष योञ्जन कुमार तामाङ, सल्लाहकार दावा स्वङ लामा, वुमन एसोसिए पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारी, प्रवासी मञ्चका अध्यक्ष दीपक खत्री, शेर्पा किदुकका अध्यक्ष राजेन्द्र शेर्पा, तामाङ समाजका अध्यक्ष ह्योनजान ली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

 

कार्यक्रम मञ्चकी अध्यक्ष सीता ढकाल सुवेदीको अध्यक्षता, दीपक बानियाको स्वागत तथा ऋतु अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया