२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

बेल्जियममा भव्य रूपमा मनाइयो तामाङ ल्होछार

0 Shares
Spread the love

सुबास चाम्लिंग,बेल्जियम । तामाङ समाज बेल्जियमको आयोजनमा २८६१ सोनाम ल्होछार(सा पुख्री ल्हो) कार्यक्रम मिति १ फ्रेबवरी२०२५ शनिवारका दिन बेल्जियमको पर्यटकीय सुन्दर शहर ब्रुजमा तामाङ समाज बेल्जियमका अध्यक्ष राम लामाको अध्यक्षतामा भव्य रुपमा सुसम्पन्न भयो!लामागुरु पाल्जोर दोङ तामाङद्वारा पुजापाठ गरी उपस्थित सवैजनले वाङ थापी, आर्शिवाद लिनु भएको थियो।

बेल्जियमका कार्यवहाक महामहिम राजदुत रुउस कार्की र समाजका अध्यक्ष राम लामाले पानसमा दीप प्रज्वलन गरेर संयुक्तरुपमा ल्होछार कार्यक्रम उदघाटन गर्नु भएको थियो । सरिता मोक्तान र कुमारी तामाङले सामुहिक रुपमा पाहुनाहरुलाई खादा प्रदान गरेर सम्मान गर्नु भएको थियो ।समाजका उपाध्यक्ष ज्योती घिसिङले सम्पुर्ण उपस्थित आगन्तुकहरुलाई न्यानो स्वागत मन्तब्य राख्नुभएको थियो । नेपालको राष्ट्रिय गान बजाएर औपचारिक कार्यक्रमको शुरुवात गरिएको थियो ।

बेल्जियमका सम्पुर्ण संघसंस्थाको तर्फबाट गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सिता सापकोटा,बेल्जियम स्थित जातीय समाजको प्रतिनिधित्व गर्दै आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष विरमान मगर साथै ल्होछार कार्यक्रमको प्रमुख अतिथी महामहिम कार्यवहाक राजदूत रुउस कार्कीज्युले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा बिश्व मगर संघ बेल्जियम, तमु समाज बेल्जियम, शेर्पा किदुग, एभरेष्ट नेपाली समाज ब्रुज, संयुक्त किराँत समाज बेल्जियम, किराँत राई सोसाइटी, किराँत याक्थुम चुम्लुङ बेल्जियम, सिक्लेश पार्चे कल्याण कोष, काभ्रेपलाञ्चोक सहायता समिति, नेपाल पत्रकार महासंघ युरोप, पुर्बेली समाज बेल्जियम र जन प्रगतिशिल मन्च बेल्जियम बाट अध्यक्ष तथा प्रतिनिधिहरुले अथिती आथित्यता गर्नुभएको थियो।


दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा प्रतिता बल तामाङ, सारा लामा, याना वाईबा र लिलियम थापा मगरको तामाङ सेलो सामुहिक स्वागत नृत्यले ल्होछारको माहोल नै तातिएको थियो । कमला तामाङ, अनिता लामा, पासाङ ओमु लामा, सुमि लामा, प्रविना तामाङ, सूर्य तामाङ, संन्जिविनी आले, स्वीकृती आले, तपु बस्नेत, शिसा कंडेल, सुरक्षा आले र शिवजानी आले को मनमोहक प्रस्तुतीले सबै दर्शकलाई मन्त्रमुग्ध पार्न सफल भएको थियो । नेपालवाट पाल्नु भएकी गायिका रमला पाख्रीन तामाङले मेहेन्दो माया र तामाङ सेलो गाएर दर्शक हरुलाई आकर्षक पार्न सतप्रतिशत सफलहुनु भएको थियो भने युरापकै चर्चित युवा गायक लाहुरे कान्छाले( अर्जुन शाही) विभिन्न चर्चित गित गाएर दर्शकहरुलाई नचाउन वाध्य बनाउनु भएको थियो! नुवाकोट र धादिङ भेगको अत्यन्तै प्रख्यात मेहेन्दो माया सामुहिक नाचले साच्चैनै ल्होछार सांस्कृतिक कार्यक्रमको शोभा बढाएको थियो । र सम्पूर्ण दर्शकहरु मेहेन्दो माया गित संगसंगै झुमेका थिए।

तामाङ भेषभुषामा सजिएर लुभेन, आरस्कोट, ब्रसेल्स, एन्त्वरपेन,ब्रुज,वस्टनडे,हासल्ट, गेन्ट र सेन्त्रादुनबाट तामाङ समुदाय र आगन्तुक पाहुनाको बाक्लो उपस्थिती देखिन्थ्यो । खाना तथा हल सजावट व्यस्थापनमा झोरमान वाईवा, अजय गुरुङ, लाल तामाङ,ज्योती घिसिङ र रुमेन छोतेनले आआफ्नो गहन जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु भएको थियो । पहिलो चरणको औपचारिक कार्यक्रम समाजका महासचिव चन्द्र ब्लोन र दोश्रो चरणको सांस्कृतिक कार्यक्रम समाजका कोषाध्यक्ष लालिङ तामाङले संचालन गर्नु भएको थियो । अन्त्यमा डिजे सूर्य तामाङ र अमित तामाङको तालमा सम्पूर्ण दर्शकहरुले मध्यरात सम्म नाचेर भरपुर मनोरञ्जन र आनन्द लिएका थिए ।

प्रतिक्रिया