२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

तामाङ घेदुङ पोर्चुगलले आज धुमधामका साथ ल्होछार मनाउँदै 

0 Shares
Spread the love

 

 

 

लिस्बन । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले आज आईतवार विशेष कार्यक्रमका साथ सोनाम ल्होछार (नयाँ वर्ष) मनाउने भएका छन् ।

 

 

मञ्जुश्री सम्बत् २८६१ तथा (डुल) सा पुख्री ल्होको अवसर पारेर राजधानी लिस्बनमा आयोजना गरिएको बृहत् तामाङ साँस्कृतिक कार्यक्रम तथा सांगीतिक साँझको सम्पूर्ण तयारी पूरा भएको घेदुङले जनाएको छ । कार्यक्रममा चर्चित मेन्दोमाया तथा तामाङ सेलो गायिका रमिला पाख्रिन, सेलो गायक प्रदिप लामा र गायक कुमार योञ्जनको विशेष प्रस्तुति रहनेछ । भने अन्य राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने बताइएको छ ।

 

 

 

“राष्ट्रिय पर्व सोनाम ल्होछार राष्ट्रको शान, भाषा, धर्म संस्कृति हाम्रो पहिचान” भन्ने नाराका साथ बृहत् तामाङ साँस्कृतिक कार्यक्रम तथा सांगीतिक साँझको आयोजना गरेर पोर्चुगलमा सोनाम ल्होछार मनाउन लागिएको घेदुङका अध्यक्ष इमानसिंह तामाङले जानकारी दिए। तामाङ जातिको कला, भाषा, धर्म र संस्कृतिको प्रबर्द्धन र जगेर्ना गर्ने उद्धेश्यका साथ पूरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत स्वरुप मनाउन लागिएको कार्यक्रमको तयारी पूरा भएको तामाङले बताए।

 

 

तामाङ अक्षयकोषको स्थापना गर्ने उद्धेश्यका साथ आयोजना गरिएको कार्यक्रममा तामाङ समुदायको सँस्कृति झल्कने विशेष साँस्कृतिक झलक प्रस्तुत हुने घेदुङले जनाएको छ । कार्यक्रममा सहभागी हुन पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्था, समाजसेवी, व्यवसायी तथा पोर्चुगलबासी तामाङ तथा गैर तामाङ नेपाली समुदायलाई घेदुङले बिशेष आग्रह समेत गरेको छ । कार्यक्रम लिस्बन अल्भलादेस्थित Republica Da Musica, Rua Do Centro Cultural 29, 1700-106 मा हुने आयोजक संस्था घेदुङले जनाएको छ।

प्रतिक्रिया