२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

आयरल्याण्डमा ऐतिहासिक बन्यो ‘सोनाम ल्होछार`

0 Shares
Spread the love

आयरल्याण्ड। तामाङ परिवार आयरल्याण्डद्वारा पहिलोपटक आयोजित सोनाम ल्होछार कार्यक्रम ऐतिहासिक बनेको छ ।

आयरल्याण्डको डब्लिन सहरमा रहेको होटल र्याडीसनमा आयोजित तामाङ समुदायको राष्ट्रिय पर्ब मञ्जुश्री सम्बत २८६१ डुल( सा- पुख्री ) ल्हो सोनाम ल्होछारमा लोकप्रिय गायक इन्डियन आइडल सिजन ३ का बिजेता तथा नेपाली चलचित्र क्षेत्रका नायक प्रसन्त तमाङको बेजोड प्रस्तुती रहेको थियो।

ल्होछार साँझ २०२५ नाम दिएको उक्त कार्यक्रममा एनआरएन आयरल्याण्डका अध्यक्ष प्रकाश सापकोट प्रमुख अतिथि रहेका थिए भने तामाङ सेलो गीतमा चेल्सी सापकोट लगायत थुप्रै कलाकारहरुको कार्यक्रममा प्रस्तुती रहेको थियो।

विदेशमा रहेर पनि आफ्नो कला, संस्कृति, भेषभुषा,मौलिकतालाई अंगाल्दै जानु हामी लगायत हाम्रा दोस्रो पुस्ताहरुका लागि पनि सकारात्मक रहेको यस्ता राम्रा पक्षहरुलाई निरन्तरता दिंदै जानुपर्ने सांस्कृतिक विरासत मर्न दिन्नुहुन्न र एनआरएन आयरल्याण्ड सदैव साथमा रहेको अध्यक्ष प्रकाश सापकोटले बताए ।

निर्मल घिसिङले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमलाई सफल पारिदिनुभएकोमा आयरल्याण्डमा बसोबास गर्ने नेपाली तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई आयोजकले धन्यवाद समेत व्यक्त गरेको छ।

प्रतिक्रिया