२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

मगर संघ पोर्चुगलले मनायो धुमधामका साथ माघे संक्रान्ति

0 Shares
Spread the love

लिस्बन । मगर संघ पोर्चुगलले भव्य कार्यक्रमका साथ माघे संक्रान्ति मनाएको छ ।

 

 

संघले राजधानी लिस्बनमा बृहत् साँस्कृतिक कार्यक्रम-२०२५ को आयोजना गरेर भव्यताका साथ माघे संक्रान्ति मनाएको हो । “सम्मुनत मानव सभ्यताको लागि कला सँस्कृति, साँस्कृतिक उन्नयनको लागि माघे सक्रान्ति” भन्ने मूल नाराका साथ विशेष कार्यक्रमको आयोजना गरेर माघे संक्रान्ति मनाइएको संघका अध्यक्ष कमल पुनमगरले बताए । मगर समुदायको कला, भाषा, धर्म र संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उद्धेश्यका साथ बिदेशी भूमिमा समेत धुमधामका साथ माघे संक्रान्ति मनाइएको मगरले बताए ।

 

कार्यक्रममा मगर समुदायको संस्कृति झल्कने कौराहा, सालैजो, झ्याउरेलगायतका विशेष साँस्कृतिक झलकहरु प्रस्तुत गरिएको थियो । सो अवसरमा लोकगायक दुर्गा गुरुङ, लोकदोहोरी गायक अनुप रानामगर, बयन बुढामगर, पानु रोकामगर, बिनोद मगरलगायतका कलाकारले आ-आफ्नो प्रस्तुति दिएका थिए। यस्तै मगर मौलिक कौराहा संरक्षण समिति पोर्चुगल र नौमति पन्चेबाजा समूह पोर्चुगलको विशेष प्रस्तुति रहेको थियोे । कार्यक्रममा पोर्चुगलमा रहेका मगर तथा गैर मगर समुदायको बाक्लो उपस्थिति रहेको थियोे।

 

 

नेपाल आदिबासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पोर्चुगलका लागि पूर्व पर्यटनदूत रमेशकुमार गुरुङ, एनआरएनए युरोप उप-संयोजक रोबर्ट लिम्बू, बिश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक रानामगर, मगर संघ युकेका अध्यक्ष सिता पुनमगर, तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योन्जनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

 

 

कार्यक्रम संस्थाका अध्यक्ष कमल पुनमगरको अध्यक्षता, उपाध्यक्ष चुमाया थजालीमगरको स्वागत तथा महासचिब ईश्वर बहादुर रानामगरको सन्चालनमा सम्पन्न भएको थियो । यस्तै मुल समारोह समितिका संयोजक यामेन्द्र घर्तिमगरले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्बन्धित सबैलाई धन्यबाद ब्यक्त गरेका थिए ।

प्रतिक्रिया