२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

पोर्चुगलमा पनि मनाइयो टोपी दिवस

0 Shares
Spread the love

लिस्बन । अंग्रेजी नयाँ वर्षको दिन मनाइने ‘टोपी दिवस’ युरोपेली मुलुक प‍ोर्चुगलमा पनि मनाइएको छ ।

 

 

गैरआवासीय नेपाली संघ पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना आदानप्रदान तथा टोपी दिवस मनाइएको हो । लिस्बनस्थित अलमेदा पार्कमा सामूहिक रुपमा भेला भई यहाँका नेपाली समुदायले शुभकामना आदानप्रदान तथा टोपी दिवस मनाएका हुन्।

 

 

सो अवसरमा राष्ट्रिय झण्डासहित नेपाली टोपीमा सजिएका नेपालीहरुले सामूहिक नाचगान र मनोरञ्जन गर्नुका साथै शुभकामना आदानप्रदान गरेका थिए । संघका कार्यवाहक अध्यक्ष दिनेश खड्काको अध्यक्षता तथा कार्यवाहक महासचिव दीपेश विष्टको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष युवराज पन्थी, नेपाल राष्ट्रिय तामाङ घेदुङ (संघ) पोर्चुगलका अध्यक्ष इमानसिंह तामाङ, बागलुङ समाज पोर्चुगलका महासचिव कृष्ण केसी, संघकी उपाध्यक्ष पुनम गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

 

बिदेशी भूमिमा नेपाली संस्कृति र पहिचानको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उद्धेश्यका साथ विशेष कार्यक्रमको आयोजना गरेर टोपी दिवस मनाइएको संघले जनाएको छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विश्वभरका नेपालीले हरेक वर्ष जनवरी १ तारिखका दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया