२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित 

0 Shares
Spread the love

 

भरत प्रधान,लिस्बन, । माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ ।

राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा हुने घुम्ती शिविर स्थगन गरिएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ । माल्टाको बिरकिरकरामा यही मङ्सिर १५ गतेदेखि १९ सम्म शिविर सञ्चालन गरिने तयारी गरिएको थियो ।

 

 

यसअघि राहदानी नवीकरणलगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा दिन राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोली माल्टा जाने तय भएको थियोे ।

 

 

प्राविधिक समस्याका कारण राहदानीसम्बन्धी सेवा अवरुद्ध भएकाले हालका लागि माल्टामा सञ्चालन गर्न लागिएको घुम्ती सेवा स्थगन गरिएको स्पेनका लागि कार्यवाहक नेपाली राजदूत यज्ञराज पौड्यालले जानकारी दिए । राहदानी प्रणालीमा देखिएको समस्या समाधान हुनासाथ घुम्ती सेवा शिविर सञ्चालन गरिने उनले बताए ।

प्रतिक्रिया