२०८१, ३ फाल्गुन शनिबार
×

ट्रेन्डिङ

‘नेपाल-पोर्चुगल दर्पण’ स्मारिकाको विमोचन

0 Shares

लिस्बन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्धारा प्रकाशित ‘नेपाल-पोर्चुगल दर्पण’ स्मारिकाको विमोचन गरिएको छ ।

 

संघले राजधानी लिस्बनमा एक कार्यक्रमको आयोजना गरि स्मारिकाको विमोचन गरेको हो । स्मारिकाको विमोचन गर्दै संघका संस्थापक अध्यक्ष पूर्णबहादुर हमालले बिदेशी भूमिमा रहेर नेपाली पुस्तक प्रकाशन गर्नु ऐतिहासिक र सरहानीय कार्य भएको बताउनुभयो । पोर्चुगलमा रहेका नेपालीका लागि सूचनामुलक र सन्देशमुलक पुस्तक प्रकाशन गरेको भन्दै हमालले प्रशंसा समेत गर्नुभयो ।

 

कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य एवं स्मारिकाका सम्पादक राजकुमार थापाले समग्र विषयवस्तुलाई समेटेर पुस्तक प्रकाशन गरिएको उल्लेख गर्दै पोर्चुगलबासी नेपालीका लागि पुस्तक अत्यन्तै उपयोगी र संग्रहणीय रहेको बताउनुभयो । स्मारिकाका लागि लेख, रचना र साहित्यिक सामाग्री उपलब्ध गराएर पुस्तकलाई पठनीय र जानकारीमुलक बनाउन सहयोग गरेको भन्दै सम्पादक थापाले सबैप्रति आभार प्रकट गर्नुभयो ।

 

संघका अध्यक्ष उमेश खड्काले पोर्चुगलबासी नेपालीको भावनालाई समेट्ने गरि पुस्तक प्रकाशन गरिएको बताउँदै पुस्तक प्रकाशन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

पुस्तकमा पोर्चुगलसम्बन्धी संक्षिप्त जानकारी, पोर्चुगलमा नेपालीको अवस्था, एनआरएनए गतिविधि, आधारभूत पोर्चुगिज भाषा, आप्रवासी सम्बन्धी कानुनी तथा कागजी प्रक्रिया लगायतका जानकारीमुलक लेख, रचना र साहित्य समेटिएको छ।

सो अवसरमा सांगीतिक कार्यक्रमका लागि युरोप भ्रमणमा रहनुभएका चर्चित लोकगायक विष्णु खत्रीलाई सम्मान समेत गरिएको थियोे ।

प्रतिक्रिया