२०८१, १० श्रावण बिहीबार
×

ट्रेन्डिङ

प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा दिपक खत्री सर्वसम्मत

0 Shares

लिस्बन। नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च पोर्चुगलको छैटौँ राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

सोमबार राजधानी लिस्बनमा सम्पन्न भएको अधिवेशनले दिपक खत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि खत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा सुमन शर्मा चौलागाईँ, सचिवमा मिलन रेग्मी तथा उपसचिवमा प्रकाश तामाङ र मञ्जु अधिकारीलाई चयन गरेको छ ।

यस्तै सदस्यमा यज्ञ प्रसाद डुम्रे, पुरन घर्ती, नविन कुमार थापा, राजेन्द्र प्रसाद डुम्रे, राजन कार्की, सुनिल बन्जरा, संगीता शर्मा सिलवाल, हेमन्त के.सी., शिव सागर बुढाथोकी, कमल बस्नेत, सुमन सिलवाल, चित्र प्रसाद सुबेदी, सुरज बिष्ट, गणेश थापा, काजीमान श्रेष्ठ, पुष्कर पन्थी, हेमराज सुबेदी, भक्त सिंह, माया खरेल र याम बहादुर पुर्कोटी सर्वसम्मत चयन भएका छन् ।

मञ्चका अध्यक्ष राजाराम लामिछानेको अध्यक्षता तथा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, केन्द्रीय सदस्य गोविन्द पौडेल, प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदार ढुंगाना, मञ्चका केन्द्रीय विद्यार्थी विभाग सचिव रोबोट लिम्बु, एनआरएनए आइसिसि सदस्य राजकुमार थापा, एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्का लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।

प्रतिक्रिया