२०८१, १० श्रावण बिहीबार
×

ट्रेन्डिङ

लण्डनमा हुने नेपाली ओपन कन्सर्टमा राजु लामाले प्रस्तुति दिने

0 Shares

लण्डन । । मंगोलियन हार्टका गायक राजु लामाले बेलायतमा प्रस्तुति दिने भएका छन् ।

असार १ गते शनिबार मगर संघ युकेले आयोजना गरेको नेपाली ओपन कन्सर्टमा लामाले प्रस्तुति दिन लागेका हुन् ।

केन्ट इभेन्ट गार्डेनमा हुन लागेको कन्सर्टमा लामाले आफ्ना हिट गीत गाएर दर्शकलाई मनोरञ्जन दिन लागेको जनाइएको छ । गायक लामाले लामो समयपछि बेलायतस्थित नेपाली समुदायमा प्रस्तुति दिने अवसरले आफू खुसी भएको बताए ।

उनले कार्यक्रममा सहभागी हुन बेलायतबासी सबै नेपालीलाई आग्रह समेत गरेका छन् । ‘एकताका लागि संगीत’ नारासहित हुन लागेको कार्यक्रम मध्यान्हदेखि राति ११ बजेसम्म हुने र चार हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको जनाइएको छ ।

प्रतिक्रिया