२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

माल्टामा भब्य रुपमा मनाइयो बुद्धजयन्ती

0 Shares

माल्टा । युरोपेली मुलुक माल्टामा २५६८ ओैं बुद्ध जयन्ती भव्य रुपमा मनाइएको छ ।

तामाङ समाज माल्टाको आयोजनामा एमसिदा स्थित नमस्ते रेस्टुरेन्टमा बिहीबार विविध कार्यक्रम सहित बुद्ध जयन्ती मनाइएको हो । कार्यक्रममा समाजका कोषाध्यक्ष पासाङ रुम्बा (सगुन) ले लामा मन्त्रबाट बुद्धको विशेष पूजा अर्चना गर्नुभएको थियो । पूजाअर्चना पश्चात् प्रसाद वितरण गरिएको थियो ।

सो अवसरमा शुभकामना मन्तव्य ब्यक्त गर्दै समाजका अध्यक्ष सुनिल दोङले मानवीय सुख र शान्तिका लागि बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बुद्धले दिनुभएको ज्ञान, शिक्षा र उपदेशबाट संसारभरका मानव जातिलाई लाभान्वित गराउनका लागि विश्वमाझ प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।

समाजका महासचिव अशिम लोप्चनले बुद्ध जयन्तीको  महत्वबारे प्रकाश पार्दै आगामी वर्ष पनि भव्य र हर्षोउल्लासका साथ बुद्ध जयन्ती मनाउने जानकारी गराउनुभयो । कार्यक्रममा समाजका साँस्कृतिक बिभाग प्रमुख छिरिङ तामाङले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियोे ।

प्रतिक्रिया