२०८१, ३१ जेष्ठ बिहीबार
×

ट्रेन्डिङ

भुकम्प प्रभावित पत्रकारलाई प्रेस युनियन पोर्चुगलको सहयोग

0 Shares

लिस्बन । नेपाल प्रेस युनियन पोर्चुगल शाखाले भुकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका पत्रकारका लागि राहत स्वरुप सहयोग सामाग्री प्रदान गरेको छ ।

शाखाले जाजरकोट र रुकुम पश्चिमका पत्रकारका लागि पचास हजार रुपैयाँ बराबरको सहयोग सामाग्री प्रदान गरेको शाखाका संयोजक बासु सत्यालले जानकारी दिनुभयो ।

भुकम्पबाट प्रभावित पत्रकारलाई थोरै मात्र भएपनि राहत पूगोस् भन्ने उद्धेश्यले नेपाल प्रेस युनियन केन्द्रीय समिति मार्फत् सहयोग सामाग्री प्रदान गरिएको संयोजक सत्यालले बताउनुभयो।

जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावित पत्रकारका लागि पोर्चुगल शाखाले उपलब्ध गराएको न्यानो ज्याकेट सहितका राहत सामाग्री युनियन जिल्ला शाखालाई हस्तान्तरण गरिएको नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया