२०८०, १४ फाल्गुन सोमबार
×

ट्रेन्डिङ

बेलायत अध्ययन गर्न आएको चार दिनमै कमला गुरुङको निधन

0 Shares

लण्डन । उच्च शिक्षा अध्ययनका लागि बेलायत आएको चार दिनमै कमला गुरुङको निधन भएको छ ।
स्याङ्जा विरुवा -४,ओरेष्टे स्थायी घर भएकी ३१ वर्षीय गुरुङ बेलायतको बीपीपी विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि बिहीबार बेलायत आइपुगेकी थिइन् ।

आइतबार बिहान अचानक उनलाई पेट दुख्यो, बान्ता पनि होला, दिसा पनि होला जस्तो भयो । उनले यो कुरा बज्यै र काइँला बाबालाई पनि भनिन् ।

भर्खरै बेलायत आएकी उनलाई केही खानेकुरा पनि गडबड भयो कि हावापानी नमिलेर पो त्यसो भयो कि भनेर तातोपानी खान, आराम गर्न सल्लाह दिइयो ।

तर अझै च्याप्दै गएपछि करिब सवा ५ बजेतिर उनलाई एम्बुलेन्स बोलाएर रोयल बर्कसायर अस्पताल लगिएको थियो । सोही साँझ उनको निधन भएको खबर अस्पतालबाट दिइएको गुरुङका आफन्त विसन गुरुङले बताए ।

प्राविधिक गडबडीका कारण उनका श्रीमान् उनीसँगै बेलायत आउन पाएनन् । उनका श्रीमान् आज (मंगलबार) दिउँसो बेलायत आइपुग्दैछन् ।
गाहासित कमलाका श्रीमानले कमला यसअघि कहिल्यै बिरामी नभएको र कुनै गम्भीर स्वास्थ्य समस्या पनि नभएको बताएका छन् ।
कमलाका बाबा, आमा नेपालमै बसोबास गर्छन् भने बज्यै पेन्सनरका रुपमा रेडिङमा बस्दै आएकी छिन् ।

 

प्रतिक्रिया