२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

लण्डनबाट हराएका २४ वर्षीय निभान मगर मृत भेटिए

0 Shares
Spread the love
लण्डन । लण्डनको प्लमस्टिडबाट हराइरहेका २४ वर्षीय निभान मगर मृत फेला परेका छन्।
गत सोमबार सेप्टेम्बर १८ देखि बेपत्ता मगरको खोजीका क्रममा बेलायती प्रहरीले उनको शव फेला पारेको परिवारले जनाएको छ।
साउथ इष्ट लण्डनको एरिथस्थित नदी किनारामा उनको शव भेटिएको प्रहरीले परिवारलाई बताएको छ।
मगरको शव अहिले अर्पिङटनस्थित प्रिन्सेस रोयल हस्पिटलमा राखिएको र पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको जानकारी परिवारलाई गराइएको छ।
पूर्व गोर्खाका छोरा निभान प्लमस्टिडमै एक नेपाली परिवारसँग बस्दै आएका थिए। उनका आमाबाबु नेपालमा र दिदी लन्डनमै छुट्टै बस्दै आएकी थिइन्।
स्वर्गीय मगर नेपालमा रुपन्देही रमापुरका हुन्।

प्रतिक्रिया