२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे सँग लण्डनमा अन्तरक्रिया कार्येक्रम हुने

0 Shares
Spread the love

लण्डन । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कांग्रेस रुपान्तरण अभियानका एक अभियन्ता गुरुराज घिमिरे सँग लण्डनमा अन्तरक्रिया कार्येक्रम हुने भएको छ ।

नेपाली जनसम्पर्क समिति, साउथ इष्ट लण्डनको आयोजनमा घिमिरे सँग लण्डनको प्लमस्टेड स्थित गोर्खा क्यप्रिकन रेस्टुरेन्ट अन्तरक्रिया कार्येक्रम हुन लागेको नेपाली जनसम्पर्क समिति युकेका महामंत्री कुश बस्नेतले जानकारी दिए।

नेपाली जनसम्पर्क समिति , साउथ इष्ट लण्डनका सभापति राजेन्द्र खरेलको सभापतित्वमा हुने सो अन्तरक्रिया कार्येक्रममा सम्पूर्ण बेलायतबासी नेपालीहरुलाई निमन्त्रणा गरिएको नेपाली जनसम्पर्क समिति, साउथ इष्ट लण्डनका महामन्त्री मोहनलाल घिमिरेले जानकारी दिए।

अन्तरक्रिया कार्येक्रम हुने स्थान :

मितिः २३ सेप्टेम्वर २०२३ शनिवार
समय : बिहान ११ बजे
स्थान : गोर्खा क्यप्रिकन रेस्टुरेन्ट
4 lakedale Road SE18 1PP
London, Plumstead

प्रतिक्रिया