0
Shares

लण्डन । सुपर सिक्स लिग खेल्न ओभरसिज खेलाडीका रुपमा दिनेश खरेल लण्डन आईपुगेका छन्।
न्युजिल्यान्डको अक्ल्यान्डबाट नेपाली मुलका दिनेश खरेल अवतार डाइनिङ र माया सपोर्टिङ लिमिटेड मुख्य आयोजक रहेको सुपर सिक्स खेल्न लन्डन आएका हुन्।
सुपर सिक्स आयोजक म्यानी गुरुङले उनलाई हित्थ्रो एअरपोर्टमा स्वागत गरेका थिए।
माया सपोर्टिङका राज पाण्डेले विशेष पहलमा उनी लण्डन आउका हुन् । हिमालय क्रीकेट क्लबको प्रतिनिधित्व गर्दै उनले यस सुपर सिक्स टुर्नामेन्ट आफ्नो सहभागिता जनाउदै गर्दा अन्य खेलाडीका सिक्ने अनुभव साट्ने वातावरण समेत बन्नेछ। टुर्नामेन्ट भोलि सल्सबरीको टिडवर्थमा बिहान ९.३० बाटा सुरु हुनेछ।
साथै लण्डन साउथ नजिक रहनु हुने सम्पुर्ण खेल प्रेमिलाइ उपस्थित भइ खेलाडीलाई हौसला प्रधान गर्न र भेटघाटका साथै भाइचारा बढाउन आयोजकले विशेष आग्रह गरे।