२०८१, ७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

यती नेपाली एसोसीयसन युकेको तीज कार्यक्रम आऊदो ३ सेप्टेम्बरमा

0 Shares

लण्डन। यती नेपाली एसोसीयसन युकेले तीज पर्वको कार्यक्रम आऊदो ३ सेप्टेमबर, आइतबार भब्य रूपमा मनाउने भएको छ।

बिदेशमा रहे पनि धर्म, संस्कृति र कला जगेर्ना गर्दै आएको बेलायत कै सबै भन्दा पुरानो सस्था यती नेपाली एसोसीयसन युकेले सम्पूर्ण समुदाय लाई समेटेर पर्व मनाउन लागेको आयोजक ले जनाएको छ। अध्यक्ष पिपला पाण्डे देवान का अनुसार ६५ बर्ष भन्दा माथि र ५ बर्ष भन्दा मुनि का बालबालिका हरुका लागि प्रवेश शुल्क समेत फ्री राखिएको छ।

भने अन्य लाई प्रबेस शुल्क १० पाउण्ड रहेको छ। नेपालका राष्ट्रिय कलाकार गायिकाहरु बन्दना पाण्डे,भुमिका शाहा ले आफ्नो प्रस्तुति दिनेछ भने गायकहरु सपन राई, रमेश बर्देवा र अन्य कलाकार हरुको बेजोड प्रस्तुत रहनेछ। साथै कार्यक्रमको अन्त्यमा म्युजीक डिजे समेत हुने छ।

पाण्डे- देवान का अनुसार यो तीज कार्यक्रम रमाईलो भेटघाट र कुशल संबन्ध समाजमा एकआपस राख्नका लागी गरिएकोले सम्पूर्ण नेपाली, कुनै जात र धर्म नभनी “हामी सबै नेपाली र एउटी आमा का सन्तान भन्ने मनन् गरि राखिएकोले सबैलाई उपस्थिति हुन अपिल समेत गरिन।

कार्यक्रम संयोजक सस्थाकी कार्यकारी सदस्य सुष्मा पौडेल हुनुहुन्छ। कार्यक्रम Harrow Borough Football Club, Earlsmead,Carlyon Ave, Harrow HA2 8SS मा हुने सो कार्यक्रम १५:३० देखि बेलुका १२ बजे सम्म हुनेछ।

प्रतिक्रिया