0
Shares

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा यासमीन बेगम सैयदले पुनः उम्मेदवारी दिने भएकी छन् ।
संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औं महाधिवेसनमा उनले पुनः उम्मेदवारी दिने भएकी हुन् । उनी वर्तमान कार्यसमितिमा समेत महिला उपाध्यक्ष छन् ।
स्याङ्गजा घर भई हाल साउदी अरब रहेर विभिन्न व्यबसाय गर्दै आएकी बेगमले उपाध्यक्षमा पुन उम्मेदवारी दिन लागेकी हुन्। लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय बेगमले आफ्नो कार्यकालमा गरेको विभिन्न कामको प्रशंसा हुदै आएको छ ।
संघको आगामी महाधिवेसनमा क्षेत्रीय संयोजक र सहसंयोजक सहित ५ दर्जन पदमा निर्वाचन हुने भएको छ । संघले सो निर्वाचन सम्पन्न गर्न ७ सदस्सीय निर्वाचन समिति गठन गरेको छ । संघको नयां नेतृत्वको लागि हुने सो निर्वाचनमा अनलाइन गर्ने तयारी गरिएको छ ।