सबिना श्रेष्ठ : लण्डन।नेपालीहरु को आस्थाका धरोहर पशुपतिनाथ मन्दिर तथा कम्युनिटी सेन्टर , प्लमस्टेडमा विवाद देखिएको छ । संस्थाका टष्ट्री समेत रहेकी निवर्तमान सचिव कल्पना त्रिपाठीको उमेद्वारी दर्ता रद्ध गर्दै निर्वाचन समितिले विभेद गरेको छ ।
बिधानको परिच्छेद ६ को बुदा १ मा अध्यक्षको उम्मेदवार बारेमा प्रष्ट उल्लेख छ तर पनि नियम विपरित अभ्यासलाई नियम चलन भन्दै ट्रष्टीको सिफारिश मागिनु विधानको खिल्ली उडाउनु हो । अनावश्यक घेरावन्दी गर्नु भविष्यका लागि गलत नजिर बस्न सक्छ अध्यक्षकी उमेद्धवार त्रिपाठीले गुनासो गरेकी छिन । कि त विधान सम्सोधन गर्नुपर्थ्यो होइन भने आफूलाई मनपरेका मान्छेलाई जिताउन विधान विपरित काम गर्नु मन्दिर , ट्रष्टी र आजिवन सदस्य सबैका लागि दुभार्ग्य हुन जान्छ , त्रीपाठीले थपिन ।
निर्वाचन समितिले निर्णय नसच्चाए यसका विरुद्ध कानुनी उपचार खोजिने अध्यक्षका प्रत्यासी कल्पना त्रिपाठीले सार्वजनीक गरेको वक्तव्यमा लेखिएको छ ।
हाल पशुपति नाथ मन्दिर तथा कम्युनिटी सेन्टर ,प्लमस्टेड ट्रष्टका संयोजक कर्ण शाही र निर्वाचन संयोजकमा नरेन्द्र कँडेल हुनुहुन्छ ।