२०८१, ६ बैशाख बिहीबार
×

ट्रेन्डिङ

एनआरएन युरोप उपसंयोजकमा बेलायतबाट शशांक शर्माले उम्मेद्वारी दिने

0 Shares

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप उपसंयोजकमा बेलायतबाट शशांक शर्माले उम्मेद्वारी दिने भएका छन् ।

आगामी २०२३–२०२५ कार्यकालको लागि सो पदमा लागि शर्माले उम्मेदवारी दिन लागेका हुन्।

शर्माले गैरआवासीय नेपाली संघ बेलायतमा निर्वाचित सहकोषाअध्यक्ष र प्रवक्ता भई २०२१-२०२३ को कार्यसमितिमा काम गरिसकेका छन् ।

एक कुशल व्यक्ति ,सामाजिक काममा खटिरहने र पाएको जिम्मेवारी सजिलै पुरा गर्ने सक्ने शर्मा गैरआवासीय नेपाली संघ इङ्गल्याण्ड राज्य परिषदको २०१९-२०२१ को कार्यसमितिको उपाअध्यक्षमा झिनो मतले उपबिजेता बनेका थिए।

समाजशास्त्रमा स्नातकोत्तर गरेका शर्माले बिदेश स्थित नेपालीहरुको सबैभन्दा पुरानो संस्था यती नेपाली एसोसियसनको सचिव,क्याट युकेको सचिव,चितवन जिल्ला समाज युकेको उपाअध्यक्ष,विस्व हिन्दु युबा संघ नेपालको केन्द्रिय सदस्य एवं युरोप संयोजक भएर कुशलतापुर्वक जिम्मेवारी पुरा गरिसकेका छन्।

शर्मा हाल बेलायत स्थित साझा नेपाली समाजको महासचिवमा कार्यरत रहेका छन्।

प्रतिक्रिया