
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप उपसंयोजकमा विनोद चौंलागाइँले उम्मेदवारी दिने भएका छन् । आगामी २०२३–२०२५ कार्यकालको लागि सो पदमा लागि चौलागाइँले उम्मेदवारी दिन लागेका हुन्।
एनआरएनए अस्ट्रियाको पुर्व अध्यक्ष चौलागाइँले कुनै पनि पदका लागि नेपाल सरकार र पार्टीका नेताहरुलाई गुहार्नु पर्ने परम्पराविरुद्ध आफूले उम्मेदवारी दिएको बताए । सामाजिक संजालबाट उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो उम्मेदवारीले खबरदारी गर्ने बताएका हुन् ।
उपसंयोजक उम्मेदवारीका लागि आफ्नो योग्यता पुगेको उनको दाबी छ । ‘६ बर्ष इजरायल बसेँ, अस्ट्रिया बसेको १२ बर्ष भयो । इजरायलदेखि नै यस संस्थामा आबद्ध थिएँ, र आज सम्म छु । सदस्यदेखि अध्यक्ष हुँदै संरक्षकसम्मको जिम्मेवारी पुरा गरेको कारण उपसंयोजकमा उम्मेदवारी दिनलाई योग्यता पुगेको छ जस्तो लाग्छ ।’, उनले भने ।
उनले एनआरएनए अग्रज, शुभचिन्तक, र साथीभाइबाट सल्लाह, सुझाव र सहयोगको अपेक्षा रहेको पनि बताएका छन् ।