२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

अन्तर्राष्ट्रिय धादिङ समाज र राष्ट्रिय समन्वय परिषद्हरुबीच अन्तरक्रिया सम्पन्न

0 Shares

काठमाडौँ । अन्तर्राष्ट्रिय धादिङ समाजले राष्ट्रिय समन्वय समितिका अध्यक्ष तथा संयोजक संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको समाजका प्रवक्ता तथा कार्यक्रम संयोजक विशेष लोहनीले जानकारी दिनुभयो।

 

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय समन्वय समिति अन्तर्गत धादिङ समाज संयुक्त राज्य अमेरिका अध्यक्ष रामेश्वोर बुर्लाकोटी, धादिङ समाज जापानका अध्यक्ष श्याम हरि तिम्सिना, धादिङ समाज फिनल्याण्डका संयोजक सुदिप भुषण अर्याल, धादिङ समाज बेल्जियमका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, धादिङ समाज दक्षिण कोरियाका अध्यक्ष भवानी प्रसाद पौडेल, धादिङ समाज दक्षिण कोरियाका कार्यबाहक अध्यक्ष पूर्ण मान तामांग, धादिङ समाज जापानका उपाध्यक्ष बिमल श्रेष्ठ र धादिङ समाज युएईका प्रवक्ता राम सिम्खडा को उपस्थिती रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय समन्वय समिति अध्यक्ष तथा संयोजकज्यु हरु ले आफुहरु ले गरेका गतिबिधी जानकारी दिनुका साथै अन्तर्राष्ट्रिय धादिङ समाज लाई विभिन्न सल्लाह र सुझावहरु दिनु भएको थियो। बिगतका दिनहरुमा पनि सहयोग गर्दै आएको र अन्तराष्ट्रिय धादिङ समाजका आगामी परियोजना र गतिविधिहरुमा पनि राष्ट्रिय समन्वय समितिको सक्दो सहयोग र ऐक्यवद्धता रहने बताउनुभयो।

साथै आउदै गरेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अधिबेशन मा एक ढिक्का भएर अगाडी बढ्ने बताए।
समाजका महासचिव राजेन्द्र श्रेष्ठले सन्चालन गर्नुभएको कार्यक्रममा कार्यसमिति सदस्य नीरु त्रिपाठीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष दिनेश तामाङले स्थानीय निकायहरु संग समन्वय मा सम्पन्न गरेका कार्यक्रम हरुका जानकारी दिनु भयको थियो। कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष राजन खकुरालले राष्ट्रिय समन्वय समितिका अध्यक्ष हरु लगायत सम्पूर्ण सहभागिता प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आउदा दिनमा झनै बृहत रुपमा सहकार्य तथा समन्वय गरि अगाडी बढ्ने प्रतिबदता ब्यक्त गरे साथै समाजले अघि सारेका परियोजना र आगामी गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो।

अन्तरक्रिया कार्यक्रममा अन्तर्राष्ट्रिय धादिङ समाज का उपाध्यक्ष सबिन थपलिया, सचिब राजेन्द्र थपलिया, सह कोषाध्यक्ष राम थापा, केन्द्रिय सदस्य निरु त्रिपाठी, सुजाता दुवाढी, रामेस्वोर बस्नेत, होम अधिकारी, दिपेश सिम्खडा, मानु श्रेष्ठ, महिँदो वईवा को उपस्थिति थियो।

प्रतिक्रिया