0
Shares
काठमाडौं । गैर आवासीय नेपाली संघको आगामी कार्यकालको लागि विनय अधिकारीले अध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका छन् । हाल संघको उपमहासचिव रहेका अधिकारीले अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।
लामो समयदेखि संस्थामा क्रियाशील रहँदै आउनु भएको अधिकारी स्पष्ट वक्ताको रुपमा समेत चिनीनुहुन्छ । अघिल्लो दुई कार्यकालमा आफुले बोलेको अडानमा अडिढ रहेका अधिकारीको अध्यक्ष उम्मेदवारीलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।
नेपालमा दर्जनौ ब्यवसायमा आबद्ध रहेका अधिकारीले युकेमा स्नोकोत्तर गर्नु भएको छ । नेपालको गोरखा जिल्लामा जन्मनु भएको अधिकारी ग्लोवल गोरखा समाजको पुर्व अध्यक्ष र हाल संरक्षक रहेका छन् ।
अधिकारीले चाँडै नै उम्मेदवारी घोषणा सभा आयोजना गरि प्रतिबद्धता समेत सार्वजनीक गर्ने बताएका छन् ।