२०८१, १२ बैशाख बुधबार
×

ट्रेन्डिङ

अमेरिकाबाट कृष्णजीबी पन्तले एनआरएनए सचिवमा उम्मेदवारी दिने

3110 Shares

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा कृष्णजीबी पन्तले उम्मेदवारी दिने भएका छन् । उनले संघको अक्टोवर महिनामा हुने ११ औं महाधिवेसनमा सो पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

 

यस अघि एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षको कार्यकाल सम्पन्न गरिसकेका पन्तले एनआरएनए आइसीसीको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने भएका हुन् ।

 

उनले एनआरएनए अमेरिकाको बरिष्ठ उपाध्यक्षको जिम्मेवारी समेत समालेका छन् ।

 

लामो समय देखी मेरिल्याण्ड राज्यलाई कर्मथलो बनाएका पन्त सामाजिक रुपमा पनि उत्तिकै क्रियाशिल छन्।

प्रतिक्रिया