२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

एनआरएनए जापानको निर्वाचनमा अध्यक्ष सहित धादिङका ३ जना उम्मेदवार चुनावी मैदानमा 

2059 Shares
Spread the love

 

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको निर्वाचन यहि जुलाई ३० अर्थात साउन १४ गते हुन गहिरहेको छ । यस चुनावका लागि धादिङ जन्मभूमि भई जापानमा बसोबास गरि रहेका ३ जनाले अध्यक्ष सहित महत्वपूर्ण पदमा उम्मेदवारी दिएका छन् ।

धादिङ समाज जापानले आफ्नो सामाजिक संजाल मार्फत धादिङका यी ३ जना

अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार, धादिङको गंगाजमुना गाउँपालिका राजकुमार अधिकारी, अध्यक्षका प्रत्यासी छन्, सचिवमा अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार, नीलकण्ठ नगरपालिकाका श्याम शितल र केन्द्रिय सदस्यमा धादिंग समाज जापान का निवर्तवान अध्यक्ष, धुनीबेसी नगरपालिकाका दिनेश ले दर्ता गराएका छन्।

अध्यक्षका उम्मेदवार राजकुमार अधिकारी एक सफल ब्यबसायी हुन । अत्यन्तै सिधा, मिलनसार, सामाजिक अभियन्ता र सरल ब्यक्तित्व उनीमा एनआरएनएमा उपाध्यक्ष भएर भूमिका निभाई सकेको राम्रो अनुभव छ। यस्तै संचार र सांङ्गितिक क्षेत्रबाट चर्चा कमाउँदै आएका श्यम सितल उत्तिकै लोकप्रिय पात्र हुन् उनी पनि एनआरएनए जापानको सचिवको भुमिका निर्वाह गरेको अनुभवी सामाजिक अभियन्ता हुन् । अर्का केन्द्रिय सदस्यका उम्मेदवार दिनेश लोहनी एनआरएनए जापानको सदस्य, मानार्थ सल्लाहकार धादिङ समाज जापानको अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन्।

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल ले सम्पूर्ण जापान निवासी धदिन्गेली एक जुट भएर निर्वाचन मा सहयोग गर्न अपिल समेत गरेका छन्।

प्रतिक्रिया