२०८१, १० श्रावण बिहीबार
×

ट्रेन्डिङ

एनआरएनए युकेबाट आईसिसि सदस्यमा मोहन कार्कीको चर्चा

13223 Shares

लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) युकेको जुलाई २२ मा हुने निर्वाचनको माहौलसँगै आईसिसि सदस्य पदका उमेदवार मोहन कार्कीको नाम चर्चामा रहेको छ ।

समाजसेवी, स्पष्ट वक्ता, निडर ब्यक्तित्व मोहन कार्की एनआरएनए युकेको एक परिचित नाम हुन ।

एनआरएनए युकेको दुई कार्यकाल उपाध्यक्ष (२०१९–२१, २०२१–२३) एनआरएनए स्कटल्याण्डको संस्थापक अध्यक्ष (२०१७–१९) समेत रहनु भएका कार्की विभिन्न सामाजिक संस्थाहरूमा समेत आबद्ध हुनुहुन्छ । फोर्थ भ्याली नेपाली एशोसिएसनका अध्यक्ष समेत रहनु भएका कार्की दुई कार्यकाल ग्लास्गो नेपाली एशोसिएसनको अध्यक्ष समेत रहनु भएको थियो ।

एनआरएनए युकेको निर्वाचनमा प्रमुख पदहरुमा प्यानल बनेपनि सबैका प्रिय मोहन कार्की आईसीसी सदस्य पदमा साझा उमेदवारको रुपमा चिनिनु भएको छ। समाजसेवा र एनआरएन अभियानमा लागिपर्नु हुने आईसीसी सदस्यका उमेदवार कार्कीलाई भोट नदिए कसलाई दिने चर्चा एनआरएनए युकेको चुनावी वातावरणमा चुलिएको छ ।
आईसीसी सदस्य उम्मेदवार कार्की विभिन्न सामाजिक संस्थाहरूमा आबद्ध हुनुका साथै व्यक्तिगत रुपमा नेपालमा विभिन्न सामाजिक संस्थाहरू, विद्यालयहरू एवम् आपत विपत पर्दा सहयोग गर्न निकै अग्रसर हुनुहुन्छ ।

हालै महावीर पुनको नेपाल आविष्कार केन्द्रलाई व्यक्तिगत रुपमा दुई लाखभन्दा बढी सहयोग गर्नुका साथै स्कटल्याण्डका विभिन्न ठाउँहरूबाट संकलन २० लाखभन्दा बढी सहयोग संकलन गर्न उहाँको ठूलो योगदान रहेको थियो । नेपालमा भूकम्प आउँदा उहाँले व्यक्तिगत र संस्थागत रुपमा दश लाखभन्दा बढी सहयोग गर्नु भएको थियो । साथै, कोभिड महामारीमा एनआरएन युकेको तर्फबाट अक्सिजन कन्सन्ट्रेटरहरु नेपालका विभिन्न अस्पतालहरूमा हस्तान्तरण गर्न र सहयोग जुटाउन एनआरएन युकेको उपाध्यक्षको रुपमा उहाँको अग्रणी भूमिका रहेको थियो ।

यसबाहेक कार्कीले छोरीको नाममा राजभिका फाउण्डेसन स्थापना गरेर विद्यालयहरूमा अक्षय कोषहरू स्थापना गर्नुभएको छ । आपत विपत पर्दा कार्की कर्मभूमि बेलायत र जन्मभूमि नेपालमा अग्रणी रुपमा लागिपर्ने स्वभावको हुनुहुन्छ । विशेष गरेर स्कटल्याण्डका नेपालीहरूलाई इमिग्रेसन र कानुनी समस्या पर्दा उहाँ अग्रसर भएर लागिपर्नु हुन्छ ।

यसैजारी सामाजिक सेवामा योगदान गरेको कारण हाउस अफ लर्ड्सबाट कार्कीलाई सम्मानपत्र प्राप्त भएको छ। आगामी नोभेम्बरमा हाउस अफ लर्ड्समा औपचारिक रुपमा सम्मान गरिने कार्कीले बताउनु भएको छ।
एनआरएनए युकेको नेपाली नागरिकता निरन्तर अभियानको संयोजक समेत रहनुभएका कार्कीले गैर आवासीय नेपालीलाई नागरिकता निरन्तरको विषयमा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू र उच्च पदस्थ अधिकारीहरूलाई संस्थागत रुपम र व्यक्तिगत रुपमा लबिङ गर्नुभएको थियो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा उच्च पदाधिकारीसहित कोप–२६ को सम्मेलनमा स्कटल्याण्ड आउनुहुँदा कार्कीले दोहोरो नागरिकताको विषयमा गहन छलफल गर्नुभएको थियो ।

साथै, नेपालमा गएर तत्कालीन गृहमन्त्री, कानुन मन्त्री, परराष्ट्र मन्त्रीहरूलाई ज्ञापनपत्र समेत पेश गर्नु भएको थियो । कार्कीकै संयोजनमा एनआरएनए युकेको आयोजनमा गैर आवासीय नागरिकताको विषयमा नेपालबाट मन्त्री, सांसदहरू आउँदा पटकपटक छलफलहरू समेत भएका थिए । हालै राष्ट्रपतिबाट गैर आवासीय नागरिकता सम्बन्धि कानुन जारी हुनु स्वागतयोग्य भएको बताउनु हुँदै गैर आवासीय नेपालीलाई दोहोरो नागरिकतानै चाहिने र एनआरएनए आईसीसी मार्फत निर्वाचन पछि आफू लागिपर्ने आईसीसी सदस्य पदका उमेदवार मोहन कार्कीले बताउनु भएको छ।

प्रतिक्रिया