लण्डन । बेलायतवासी गल्कोटेहरुको सातौ बार्षिक भेला जुलाई ३१ तारिक सोमबार मिडल्यान्डको बर्मिङहममा हुने भएको छ ।
जुलाई २४ तय भएको सो बार्षिक भेला प्राबिधिक कारण बस जुलाई ३१ मा सारिएको गल्कोट सम्माज युकेका महासचिब बिष्णु चालिसेले जानकारी दिए ।
समाजका अध्यक्ष भोजराज कडेलको अध्यक्षयतामा जुम मर्फत मे ६ मा बसेको कार्यसमितिको बैठकले समाजको बार्षिक भेला तथा भेटघाट कार्यक्रम मिडल्याण्डको बर्मिग्हम सहरमा भब्य रुपमा गर्ने निणय गरेको हो । यो बर्ष महाअधिबेशनको बर्ष पनि भएकोले बार्षिक भेला हुनुभन्दा एक महिना पहिला (जुन महिना) मै सदस्यता नबिकरणको सबै काम गर्ने गरि बेलायतका विभिन्न सहरहरुमा उपाध्यक्षहरुको संयोजकत्वमा कार्यसमितिका सदस्यहरुलाई जिम्मेबारी पनि तोकिएको महासचिब बिष्णु चालिसेले जनाए ।
बर्मिङहम र वेस्ट ब्रोमविच :एरिया संयोजक साथै उपाध्यक्ष चन्द्र साहानी र सस्थाका सल्लाकार सुरेस भण्डारी
नटिङ्घमशायर: उपाध्यक्ष डिलाराम गौतम र,महासचिब बिष्णु चालिसे र कोषाध्यक्ष लाल थापा
लीसेस्टर र मिल्टन केन्स : निबर्तमान अध्यक्ष साथै बर्तमान सल्हाकार राजु कडेल र कर्यसमिती सद्स्य सुरेस परियार
क्याम्ब्रिज र पीटरब्रो : भवन समिति संयोजक डा पुस्पा उपरेती र दल बुढाथोकी
वोल्भरह्याम्प्टन : कोषाध्यक्ष गंगा गौतम र मुक्ति सुबेदी
स्विन्डन : भवन समिति सचिब , धन बुढाथोकी, अशोक बुढाथोकी
लन्डन र वेल्श : एरिया संयोजक साथै उपाध्यक्ष डिलाराम गौतम , एरिया संयोजक सचिब राजु सापकोटा
स्कटल्याण्ड र उत्तरी आयरल्याण्ड : उपाध्यक्ष साथै संयोजक गोबिन्द कडेल , सस्थापक अध्यक्ष रेशम बुढाथोकी , सचिब सुजन गौतम
गल्कोट समाजले सदस्यता नबिकरण साथै नया सदस्यता लिनको लागि सुलभ सजिलो पार्दर्शिक हुने भएकाले आगामी समयको लागि अनलाइन मार्फत हुने सुबिधा पनि गरेको समाजका महासचिव बिष्णु चालिसेले जानकारी दिए ।
समाजको अनलाइन पोर्टल : www.galkotsocietyuk.org
सदस्यता शुल्क :
२ बर्षको लागि £१२.००
आजिवन सद्स्यको लागि £२००
सदस्यता प्रमाणीकरणको जिम्मा समाजका सचिब श्री सुजन गौतमले गर्नेछन् ।
गल्कोट समाज यूकेले आयोजना गर्ने बार्षिक भेला साथै भेटघाट कार्यक्रममा बेलायतवासी गल्कोटे मात्र नभई गैर गल्कोटेहरुको पनि बाक्लो उपस्थिति रहदै आएकाले यस बर्षको कार्यक्रमको लागि बिगतका बर्ष जस्तै उपस्थित भईदिनको लागि पनि समाजका अध्यक्ष भोजराज कडेलले सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई निमन्त्रणा गरेका छन् ।
बिगतका बर्षमा जस्तै मिडाल्न्याण्ड रहेका सबै संघ सस्थासंग सधै साथ सहयोगका साथ मिलेर कार्यक्रम गर्ने गरेकोले यस बर्षको भेटघाट साथै बार्षिक कार्यक्रमको लागि पनि अग्रिम जानाकारी गराउदै निमन्त्रणाको पत्राचार गर्न जिम्मा समाजका महासचिब बिष्णु चालिसेलाई दिईएको छ ।
कार्यक्रम ब्याबस्थपन तथा संयोजक साथै कलाकारको जिम्माको आगामी मे महिनाको अन्तिम हप्तामा हुने बैठकले निणय गर्ने महासचिब बिष्णु चालिसेले बताए ।