
मे ४, २०२३ मा नेपालको पछिल्लो समय राजनीतिमा उर्लंदो भेलको रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले स्पेनका विभिन्न शहरमा रहेका व्यक्तिहरुको समन्वयमा रास्वपा प्रबास विभाग स्पेन कमिटी गठन गरेको छ।
कमिटी गठनपछि आफ्नो कुरा राख्दै अध्यक्ष लामिछानेले भने, म भोला लामिछाने बिगत १२ वर्ष देखी गैरआवासीय नेपाली संघमा आवद्द हुँदै यसको भित्री गहिराई सम्म पुगेर धेरै जान्ने मौका पाएको व्यक्ति हुँ। मिडिया कर्मीको हैसियतमा धेरै बिषयहरू खोतल्ने काम पनि गरेको छु। संघमा आवद्द कयौं व्यक्तिहरुलाइ सपोर्ट र साथ दिइयो। तर यति धेरै लामो समयमा पनि उपलब्धी भने देखिएन। गन्न योग्य कुनै पनि कुरा भएको पाइएन।
नेपाली नागरिकता बोकेर पनि नेपाली रहेनछौं। मैले यूरोप डुलेर नारा लगाए एक पटकको नेपाली सधैको नेपाली सम्झे, यो नारा त मैले मात्रै होईन पूर्व जापान पश्चिममा अमेरीका क्यानाडा हुँदै उता अष्ट्रेलिया न्यूज़ीलैण्डसम्म, जापान कोरीया सिगापुर रसिया हुदै यता घानासम्म लगाएका रहेछन्। हेर्दा हेर्दै बर्षौ बित्यो तर नारा लगाउन छोडिएन। उपलब्धी भनेको २०१३ देखि २०१७ सम्म संबिधानमा गैरआवासीय नेपाली नागरिकताको लेखन मात्र हो। तर पनि ऐन आएको छैन।
रवि लामिछाने नेपालको राजनीतिमा जोडिएको कुरा लेखेर र उसका पार्टीले गरेका राम्रा कामहरूलाई नागरिकले अनुमोदन गरेको र बैकल्पिक राजनैतिक पार्टी खोजेका अवस्था बुझियो। निर्वाचनको नतिजाले त त्यसलाई प्रमाणित नै गरिदियो।
त्यसैबाट प्रभावित हुँदै मैले आजबाट सबै आवद्द संघ-संस्था लगायत मिडियाका सबै पदहरूबाट राजिनामा दिएको जनाउँदै शुद्ध राजनितीमा लागेको छु। अब प्रवासबाटै रास्वपा स्पेन नेतृत्व समाल्दै राजनितीमा प्रवेश गरेको छु। पार्टी नेतृत्वले चाहेमा यूरोप मात्रै होईन अन्य देशहरुमा पनि नेतृत्व गर्न क्षमता र आँट रहेको छ।
भलै ढाकाकुमार र कोर टिमलाई लिएर अनुत्तरित प्रश्नहरू अझै बाँकी छन् तर पार्टीले जुन स्पीडमा निलम्बन, प्रारम्भिक छानबिन र कारबाही गर्यो, त्यसले नयाँ दल र पुरानो दल भन्ने स्पष्ट छुट्टिने रहेछ। ढाकाकुमारले मागेको अनुचित र गैरकानुनी आर्थिक सहयोग थियो। त्यसले भोलि नीति निर्माण तहमा चलखेल हुने सम्भावना थियो। होला तर प्रत्यक्ष राष्ट्रघात थिएन। तैपनि उनलाई बचाउन पार्टीको कुनै निकाय लागेको देखिएन। अडियो बाहेक अर्को प्रमाण पनि थिएन।
तर सिङ्गो देशको इज्जत र विश्वसनीयता माथि नै प्रश्न उठ्ने गरी मानव-तस्करीको यत्रो सङ्गठित अपराधमा प्रारम्भिक अनुसन्धान सकेर प्रहरीले पक्राउ गर्ने अवस्थामा पुग्दा समेत निलम्बन त परको कुरो, पूर्वमन्त्री जस्तो विशिष्ट व्यक्तिलाई बाटैबाट समाउनु गम्भीर षड्यन्त्र र रहस्यमय भएको बयान पुराना पार्टीबाट आयो। प्रधानमन्त्रीलाई नै भेटेर अनुसन्धानमा प्रभाव पार्ने काम भयो।
अब देशले कुन मुखले भुटानी शरणार्थीबारे भूटान र विश्वोसँग वार्ता गर्न सक्ला ? भूटानले त्यसै पनि धेरै जसो शरणार्थी नक्कली भएको आरोप लगाउँदै आएको छ। त्यसैलाई बल पुऱ्याउँदै देशको सरकार नै मुछिएको देखिएपछि भविष्यमा यस्ता विषयमा नेपालको अन्तर्राष्ट्रिय ‘नेगोसिएशन’ त्यसै कमजोर हुनेछ। यसले देशवासीलाई मात्रै होइन, हजारौं भुटानी शरणार्थीलाई समेत शङ्का र अपमानको घेरामा ल्याउँछ।
नयाँ एकदम स्वच्छ छ, खुश्बुदार छ भनेर होइन, पुरानो चाहिँ असह्य गनाएपछि आमजनताले नयाँ दल छानेका हुन्। पुराना चाहिँ सरसफाइको साटो झन् दुर्गन्ध थप्न लालायित हुनु तिनकै लागि समेत दुर्भाग्यको विषय हो।
वरिष्ठ सल्लाहकार एवं सामाजिक अभियन्ता विरेन्द्र श्रेष्ठको संयोजकत्वमा राष्ट्रीय स्वतन्त्र पार्टी प्रबास विभाग स्पेन कमिटी गठन गरिएको छ।
पदाधिकारीहरूमा
सल्लाहकार