२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

स्याङ्जा सहयोग समाजको युरोप भेला पोर्चुगलमा हुदै

16904 Shares
Spread the love

लिस्बन। स्याङ्जा सहयोग समाजको प्रथम युरोप क्षेत्रीय भेला पोर्चुगलमा हुने भएको छ ।

समाजको युरोप क्षेत्रीय भेला यही मे ७ तारिखका दिन पोर्चुगलको राजधानी लिस्बनमा हुने भएको हो । युरोपका बिभिन्न मुलुकमा रहेका स्याङ्जालीहरुलाई संगठीत र गोलबन्दीत गर्ने तथा स्याङ्जालीहरुका बिचमा सामूहिक भेटघाट, आपसी सद्भाव, सहयोग र अन्तरसम्बन्धमा थप अभिबृद्धि गर्ने उद्धेश्यले युरोप भेलाको आयोजना गरिएको स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्यालले जानकारी दिनुभयो ।

भेला सम्पन्न गर्नका लागि समाजले बिभिन्न उपसमिति निर्माण गरेर तयारीमा जुटेको अर्यालले बताउनुभयो । दुई दिन सम्म चल्ने भेलामा अन्र्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी सहित स्पेन, फ्रान्स, पोर्चुगल, जर्मनी, बेल्जियम, डेनमार्क, नर्वे, नेदरल्याण्ड र बेलायत लगायतका मुलुकका राष्ट्रिय समन्वय समितिका ५० जना प्रतिनिधिको सहभागीता रहने समाजले जनाएको छ ।

भेलाले “मानवसेवामा स्याङ्जावासीको सोच, एक करोड अक्षयकोष” भन्ने मूल नाराका साथ निर्माण गर्न लागेको अक्षयकोषका लागि आर्थिक सँकलन समेत गर्ने बताईएको छ । साथै प्रवासी स्याङ्जालीहरुको सामूहिक लगानी मार्फत् स्याङ्जामा रोजगारमूलक र आयमूलक कार्यक्रम सञ्चालनका लागि बिशेष योजना र कार्यक्रम तय गर्ने समाजले जनाएको छ ।

कार्यक्रममा स्थानीय तथा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ । कार्यक्रममा सहभागी हुन पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्था, बुद्धिजीवी, समाजसेवी तथा पोर्चुगलबासी स्याङ्जालीहरुलाई समाजले बिशेष आग्रह समेत गरेको छ ।

प्रतिक्रिया