२०८२, ५ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

भारतीय गायक अर्को मुखर्जीको लण्डनमा नेपाली समुदाय बिच प्रस्तुति रहने

338735 Shares

लण्डन । बेलायतको साउथ इष्ट लन्डनमा नेपाली समुदाय बिच भारतीय सोलो गायक अर्को मुखर्जीले प्रस्तुति दिने भएका छन् ।

हेल्प नेपाल नेटवर्क यूकेको आयोजनामा आउंदो अप्रिल २३ तारिखमा आइतबार हुन लागेको उक्त कार्यक्रमा मुखर्जी लगायत नेपालीहरुको प्रस्तुति रहने छ ।

वुलवीचमा सांझ ६ बजेदेखि हुने उक्त कार्यक्रमबाट संकलित रकम नेपालका असहायको सहयोगमा खर्चने हेल्प नेपाल नेटवर्कमा अध्यक्ष सचिन श्रेष्ठले बताएका छन् ।

मुखर्जी भारतीय गायक हुन् उनले थुप्रै पुराना नेपाली लोक–आधुनिक गीतहरु गाएका छन् । पछिल्लो समय उनले गाएको तिम्रो नै माया लाग्द छ सहिली भन्ने गीत नेपाली बिच चर्चामा रहेको छ ।

प्रतिक्रिया