२०८१, ३१ असार आईतवार
×

ट्रेन्डिङ

स्याङ्जा समाज फ्रान्सको दोश्रो अधिबेशन हुदै

2021 Shares

लिस्बन । स्याङ्जा समाज फ्रान्सको दोश्रो अधिबेशन भोलि अप्रिल २ तारिख आईतबार हुदैछ । फ्रान्सको राजधानी पेरिसमा हुने अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको समाजले जनाएको छ ।

पेरिस स्थित रहेको संगीत रेष्टुरेण्टको सभा हलमा हुने अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको समाजका अध्यक्ष अरुण गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार अधिबेशनले आगामी २ बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । अधिबेशनमा सहभागी हुन फ्रान्समा क्रियाशील नेपाली संघसंस्था, बुद्धिजीवी, समाजसेवी तथा फ्रान्सबासी स्याङ्जालीहरुलाई समाजले बिशेष आग्रह समेत गरेको छ ।

“समृद्ध स्याङजाका लागि बिश्व अभियान” भन्ने मूल नाराका साथ प्रवासी मुलुक फ्रान्समा रहेका स्याङ्जालीहरुलाई संगठित र गोलबन्दीत गर्ने उद्धेश्य अनुरुप सन् २०२१ मा समाजको स्थापना गरिएको थियोे ।
समाजले आफ्नो स्थापनाकाल देखि नै बिभिन्न खालका सामाजिक र रचनात्मक गतिविधीहरु गर्दै आएको छ ।

प्रतिक्रिया