२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

लण्डनमा नेपालीको घरबाट २ सय तोला सुनको गरगहना चोरी

203250 Shares
Spread the love

लण्डन । हित्रोस्थित स्ट्यानवेलमा एक नेपालीको घरमा ठूलो मात्रामा सुनको गरगहना चोरी भएको छ। गत आइतबार साँझ करिब ६ बजेतिर क्लेयर रोड निवासी अमृत गुरुङको घरबाट दुई करोड रुपैयाँ बराबरको करिब २ सय तोला सुनको गहना चोरी भएको हो।

घरमा १३ बर्षिय बालक मात्र भएको मौका छोपेर चोरले नाटकीय रुपमा दाराज फोडी गरगहना लगेको गुरुङले बताए। उनले भने, ‘सधैँ आमा घरमै हुनुहुन्थ्यो, घट्नाको दिन एकैछिन बाहिर लिएर गएको थिएँ। छोरा एक्लै थियो, त्यही मौकामा चोर घरमा पसेछ।’ आमा घरमै बस्ने भएकाले सुन सुरक्षित हुने विश्वास गरेर गुरुङकी बहिनीलेसमेत करिब ४० तोला सुनसँगै राख्न दिएकी थिइन्।

गुरुङले दिएको जानकारी अनुसार आमा, छोरी र बुहारीका गरगना जोड्दा करिब २ सय तोला सुन र केही हिरासमेत चोरी भएको छ।

चोरी भएलगत्तै घट्नास्थलको निरीक्षण गरेर प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। चोरले घर अगाडिको ढोका आफैँ खोलेर भित्र छिरी सामान बोकेर पछाडिबाट भागेको अनुमान गरिएको छ। ४ जनाको संख्यामा रहेका चोरमध्ये एक जनाले बालकलाई कोठामै बस्न र फोन नचलाउन भन्दै बन्दी बनाएको थियो। चोरले गरगहना चोरी गर्नुका साथै दराज र कुर्सी समेत तोडफोड गरेका छन्।

पछिल्लो समयमा बेलायतस्थित नेपाली समुदायमा गरगहना चोरीको घट्ना बढ्दै गएको बताइन्छ। हन्स्लो बरोका काउन्सिलर विष्णु गुरुङले भूपूगोर्खा परिवारको घरमा धेरै चोरी हुने गरेको बताए। ‘सुन जोडे पनि घरमा राख्नु हुदैन भनेर सम्झाउँदा पनि सुन्दैनन्। चोरीको घट्ना बढेको बढैछ।’, गुरुङले भने। उनले गरगहाना घरमा राख्नु धेरै जोखिम हुने भन्दै भएको गरगहना लकरमा राख्न सुझाव दिए।

प्रतिक्रिया