लण्डन । बेलायतको र सम्भवत: युरोपकै सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एशोसिएसन यूकेको २९ औं अधिवेशन आज ह्यारो फुटबल क्लबमा १२:३० देखि हुदै छ।
यधपी उक्त महाधिबेशनमा निर्वाचननै गर्नु पर्ने छैन।निर्वाचन अघिनै अध्यक्षमा पिपला देवान सहित पुरै कार्यसमिति निर्विरोध बनेको छ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका बाचस्पति रेग्मीले सहमतिका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि देवान निर्विरोध बनेकी हुन्। अध्यक्षमा निर्विरोध देवान संस्थाकी पूर्व अध्यक्ष हुन्।
निर्वाचन समितिका अनुसार १७ सदस्यीय कार्यसमितिका सबै पदमा निर्विरोध भएको छ। ह्यारो फुटबल क्लबमा (Harrow football Club Earlsmead, Carlyon Ave, Harrow HA2 8SS) आइतबार यतीको औपचारिक महाधिबेशन हुँदैछ।
पछिल्ला वर्षहरुमा संस्था निष्क्रिय रहेपनि यसपटक यतीको नेतृत्वमा आउन आकर्षण बढेसंगै संस्थाकै इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी ६ सय ८७ सदस्य सदस्य बनेका छन्।
निर्वाचन समितिका संयोजक उमेशराज मोक्तानका अनुसार अधिबेशनको लागि निर्वाचन समिति बाट गर्नु पर्ने सपूर्ण काम पुरा भएको बताए।