२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

यती नेपाली एसोसिएसन यूकेको मतदाता ७ सय भन्दा माथी

301805 Shares
Spread the love

लण्डन । युरोपकै पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेको अधिवेशन नजिकिंदै गर्दा माहोल तातेको छ ।

बेलायतस्थित नेपालीहरुको सबैभन्दा पुरानो संस्था यति नेपाली एशोसियसन यूकेको राष्ट्रिय महाधिवेसन गर्न गठित निर्वाचन समितिले आज साझ सदस्यता सूची तयार गरेको छ।

आज साझ निर्वाचन संयोजक उमेश मोक्तन, सदस्य सचिव आर के त्रिपाठी तथा निर्वाचन अधिकृत राजन खकुरालले यतीका अध्यक्ष ध्रुव केसी को रोहोबरमा आजीवन सदस्य तथा साधारण सदस्यता सुची सार्वजनिक गरेका हुन।

६० वर्ष लामो इतिहास बोकेको यतिको फेब्रुअरी ५ मा हुने २९ औँ राष्ट्रिय अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने छ ।

निर्वाचन समितिका अनुसार मतदाता नामावली उपर दावी विरोध २ फेब्रुअरी साझा ७ बजेसम्म, अन्तिम मतदाता नामावली प्रकाशन २ फेब्रुअरी साझा ९ बजेसम्म छ ।

उम्मेदवारी मनोनयन दर्ता ३ फेब्रुअरी दिउसो १२ बजे देखि ३ बजेसम्म, उम्मेदवार उपर दावी विरोध ३ फेब्रुअरी अपरान्ह ५ बजेसम्म र उम्मेदवार नामावली प्रकाशन ३ फेब्रुअरी सांझ ७ बजेसम्म तोकिएको छ ।

त्यसैगरि, उम्मेदवारी मनोनयन फिर्ता ३ फेब्रुअरी राती ९ बजेसम्म र अन्तिम उम्मेवारी नामावली प्रकाशन ४ फेब्रुअरी बिहान १० बजे गरिने छ ।

ह्रारो बरो फुटबल क्लवमा अधिवेशन हुनेछ ।

मतदाता नामावली उपर दावी विरोध भएमा २ फेब्रुअरी साझा ७ बजे भित्र [email protected] मा ईमेल गर्न निर्वाचन समितिले अनुरोध गरेको छ ।

मतदाता नामावली बिवरण : 

प्रतिक्रिया