२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

यती नेपाली एशोसियसन यूकेको निर्वाचन समितिले पूर्णता पायो

127025 Shares
Spread the love

लण्डन । यती नेपाली एशोसियसन यूकेको २९ औ राष्ट्रिय अधिवेशन मार्फत चयन हुने कार्यसमितिको निर्वाचन गराउन गठित निर्वाचन समितिले पूर्णता पाएको छ। सुरुमा निर्वाचन संयोजकमा उमेश राज मोक्तान, सदस्य सचिव आर के त्रिपाठी र राजेन्द्र पुडासैनी लाई सदस्य तोकिएको थियो । ३ सदस्सिय समितिले विस्तार गरि ७ सदस्सिय निर्वाचन समिति गठन गरेको छ।

बिस्तारित निर्वाचन समितिमा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, कोडेक युकेका पुर्व अध्यक्ष शंकर दाहाल र समाजसेवी मिन बानिया, प्रेस युनियन युकेका अध्यक्ष बिपिन निरौला लाई निर्वाचनसमितिको सदस्यमा नियुक्ति गरेको छ।

निर्वाचन लाई स्वाच्छ र पारदर्शी बनाउन निर्वाचन सुपर्यवेक्षक समिति पनि बिस्तार गरिएको छ, सुपर्यवेक्षक समितिमा सदस्यहरु डा राघव धिताल, चिरन्जिबी ढकाल, चित्र बहादुर गुरुङ, काउन्सेलर जित रानाभाट, सुमन खरेल, सुरेश जंग साह, युबराज गुरुङ, बिनोद मोक्तान, मोहन गुरुङ, शिवजी श्रेष्ठ, कर्णबहादुर शाही, कृष्ण तिवारी, राम शरण सिम्खडा, शेर सुनवार, महेश दाहाल, विजय थापा, मदन थापा, डा गोबिन्द कोइराला, बालकृष्ण भुषाल, श्याम लुइँटेल, अर्कराज तिमिल्सेना, राज कटुवाल, दिलिप पौडेल, प्रेम गह मगर, पशुपति पोख्रेल, विनोद ज्ञवाली, सुनिलबाबु खड्का, मन्दिप केसी , केदार थपलिया, कोमलप्रसाद मल्ल र मोहन कार्की रहेको निर्वाचन समितिका संयोजक मोक्तान ले बताए।

६० बर्ष लामो गरिमामय ईतिहास भएको यस सस्थाको २९ औ राष्ट्रिय अधिवेशन बाट चयन हुने कार्यसमितिको लागि सदस्यताको लागि भोलि (३१ फेब्रअरी साझ ५ बजे सम्म सदस्यता फारम भरि बुझाउनु पर्ने छ। समयमै सदस्यता फारम भरि आगामी ५ फेब्रअरी आईतवारका दिन पश्चिम लन्डनको
साउथ ह्यारो फुटबल क्लबमा सम्पन्न हुने ऐतिहासिक अधिबेशनमा सहभागिता हुन बेलायत स्थित सम्पूर्ण संघ सस्थाका प्रतिनिधि हरुलाई निर्वाचन समितिको तर्फ बाट हार्दिक अपिल गर्दछ।

त्यस्तै निर्वाचन समितिले ३१ तारिख पश्चिम लन्डनको गोल्डेन सिप रेस्टुरेनटमा १२ बजे देखी ५ बजे सम्म सदस्यता बुझाऊँन आग्रह गरेको छ ।

निर्वाचन तालीका र कार्यक्रम:
१) प्रथम मतदाता नामावली प्रकाशन – १ फेब्रुअरी २०२३ अपरान्ह ५ बजे
२) मतदाता नामावली उपर दाबी बिरोध–२ फेब्रुअरी २०२३ अपरान्ह ३ बजे
३) अन्तिम मतदाता नामावली प्रकाशन – २ फेब्रुअरी २०२३ अपरान्ह ५ बजे
४) उम्मेदवारी मनोनयन पत्र दर्ता: फेब्रुअरी २०२३ अपरान्ह ३ बजे सम्म
५) उम्मेदवार उपर दाबी बिरोधः ३ फेब्रुअरी अपरान्ह ३ वजे सम्म
६) उम्मेदवारको नामावली प्रकाशन: ३ फेब्रुअरी अपरान्ह ७ वजे सम्म
७) उम्मेदवारी मनोनयन फिर्ताः ३ फेब्रुअरी अपरान्ह ९ वजे सम्म
८) अन्तिम उम्मेदवारी नामावली प्रकाशन : ४ फेब्रुअरी बिहान१० वजे सम्म
९) मतदान: ५ फेब्रुअरी बिहान बिहान ११ बजे देखी अपरान्न ५ बजे सम्म
१०) घोषणा तथा हस्तान्तरण सभा – मत गणना पश्चात

मनोनयन
१) उम्मेदवार बन्न चाहने ब्यक्तिले एक जना प्रस्ताबक र एक जना समर्थकको हस्ताक्षर सहित उम्मेदवारी मनोनयन फारम भर्नु पर्ने छ । फारमको
साथमा उम्मेदवारको Photo ID (पासपोर्ट वा यूके ड्राईभिङ्ग लाईसेन्स) को प्रतिलिपी र उम्मेदवार शुल्क पेश गर्नु पर्ने छ । मनोनयन दर्ता गर्न उम्मेदवार स्वयं निर्वाचन समितिको कार्यालयमा उपस्थित हुनुपर्ने छ । निर्वाचन सिमितको सम्पर्क कार्यालय रहने छ ।
२) कुनै उम्मेदवार वा उम्मेदवारको प्रस्ताबक र समर्थक अर्को उम्मेदवारको प्रस्ताबक वा समर्थक रहन पाउने छैन । प्रस्ताबक र समर्थक मतदाता
मध्येबाट हुनु पर्ने छ ।
३) उम्मेदवारी शुल्क नगद बुझाउनु पर्ने छ।
४) उम्मेदवारी शुल्क उम्मेदवारी रद्द वा फिर्ता भएमा पनि फिर्ता गरिने छैन !

निर्वाचन हुने पद र उम्मेदवारी शुल्क –
पद- सँख्या शुल्क
अध्यक्ष १ – £२००
बरिस्ठ उपाअध्यक्ष १ – £१५०
उपाअध्यक्ष. १ – £१२५
महासचिव १ -£१२५
उपमहासचिब १ -£१००
कोशाधक्छ्य १ -£८०
प्रकाशन सचिव १ -£७०
सामाजिक सचिव १ -£७०
सान्स्कृतिक सचिब १ -£७०
खेल्कुद सचिव १ – £७०
सदस्य ७ -£४०

आचारसहिता तथा अन्य नियमावलीहरु –
१. उम्मेदवारहरु आफ्नो उम्मेदवारी दर्ता गर्न स्वयम उपस्थित हुनु पर्नेछ।
२. निर्वाचन समितीले उल्लेख गरेको आचारसहिता र नियमावली को उल्लङन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्न सकिनेछ।
३. चुनावी प्रकृया लाई सरल र प्रभाबकारी बनाउन ७ जनाको चुनाव समिती गठन गरिएको छ।
४. निर्वाचन को सुपरिबेछण गर्नु आवश्यक पर्ने भएकाले एक चुनाव सुपर्यवेक्षक समिती गठन गरिएको छ।
५. मतदाता नामावली र उम्मेदवारी नामावलीमा दाबी बिरोध गर्न परेमा सिधै निर्वाचन समितीका सदस्यहरुलाई (निर्वाचन आयोग ) लिखित रुपमा पत्रचार गर्नु पर्नेछ। यती चुनाव समिती २०२३-
मुख्य संयोजक – उमेश राज मोक्तान 07453260122 [email protected]
सदस्य सचिव – राज कुमार त्रिपाठी 07798694816 [email protected]
साधारण सभा हुने स्थान – South Harrow Football club, Earlsmead, Carlyon Ave, Harrow HA2 8SS
मिती – आईतवार ०५ -०२ -२०२३ समय – बिहान ११ बजे देखी अपरान्न ५ बजे सम्म

प्रतिक्रिया