२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

स्कटल्याण्डबाट उज्ज्वल कार्कीले पठाए राष्ट्रिय आविष्कार केन्द्रका लागी सहयोग

186965 Shares
Spread the love

स्कटल्याण्ड । गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदका उपाध्यक्ष उज्ज्वल कार्कीले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् ।

नेपाल भ्रमणमा रहेका बेला जन्मगाउ (शंखुबासभा ,खादबारी नगरपालिका ,तुमलेनगटार)बाट भर्चुअल रुपमा अक्टोबर २०२२ लण्डनमा सम्पन्न ४२.५ किमी म्याराथनमा भाग लिएका स्कटल्याण्ड निवासी कार्कीले सो अभियानबाट  सङ्कलित रकम अविष्कार केन्द्रलाई सहयोग गरेका हुन् ।

स्कटल्याण्ड निवासी परोपकारी मनका धनी कार्कीले नेपालको राष्ट्रिय अविष्कार केन्द्रलाई केही रकम जम्मा गर्ने उद्देश्यले म्याराथन गर्दै सुरू गरेको अभियानले सफलता पाएको हो।

कार्कीले सोही अभियानबाट सङ्कलित रकम २५०० पाउण्ड राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेको महावीर पुनले जानकारी दिए । सो कार्यलाई महावीर पुनले खुसी व्यक्त गर्दै आफ्नो फेसबुक पेजमा पनि पोस्ट गरेका थिए।

कार्कीले यस अभियानमा उनलाई सहयोग र प्रोत्साहित गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया